images

२०८३ आश्विन १८ गते

images
images
images

मस्कटमा लगानी तथा निर्यात प्रवर्द्धन कार्यक्रम

मस्कटमा लगानी तथा निर्यात प्रवर्द्धन कार्यक्रम

images
images
शनिवार, बैशाख १९ २०८३
शनिवार, बैशाख १९ २०८३
  • काठमाडौँ, १९ वैशाख । ओमानस्थित नेपाली दूतावासले २५७०औँ बुद्ध जयन्ती तथा अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा शुक्रबार मस्कटमा श्रम सचेतना तथा व्यापार, निर्यात र लगानी प्रवद्र्धन सम्बन्धी कार्यक्रम आयोजना गरेको छ । 

    images
    images

    कार्यक्रमको उद्घाटन गर्दै ओमानका लागि नेपालका राजदूत डोरनाथ अर्यालले बुद्ध जयन्तीको महत्व र भगवान् बुद्धका शिक्षाबारे प्रकाश पार्दै श्रम सचेतनाको आवश्यकता तथा नेपाल–ओमानबीच व्यापार, निर्यात र लगानीका सम्भावनाको खोजीमा जोड दिनुभएको उक्त दूतावासले जनाएको छ । 

     राजदूत अर्यालले आर्थिक कूटनीति प्रवद्र्धन, निर्यात र लगानीका अवसर पहिचान तथा नेपाली श्रमिकको हित संरक्षणमा दूतावासले गरिरहेका प्रयासका साथै नेपालमा व्यापार, निर्यात र लगानीका सम्भावना, नेपालको आर्थिक हित प्रवद्र्धनमा आमानस्थित नेपाली समुदायको भूमिकाबारे मन्तव्य व्यक्त गर्नुभएको थियो । 

    images
    images

    कार्यक्रममा निर्यात तथा लगानी प्रवद्र्धन, श्रम सचेतना तथा बुद्ध जयन्ती र श्रमिक दिवसका सन्दर्भमा छलफल भएको थियो । त्यस अवसरमा नेपाली सामाजिक क्लबका प्रतिनिधि, विज्ञ समूहका सदस्य, नेपाली व्यवसायी, उद्धार टोलीका सदस्य तथा समुदायका अन्य सदस्य गरी ७८ जनाको सहभागिता रहेको उक्त दूतावासले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend