images

२०८३ आश्विन २३ गते

images
images
images
  • अर्थतन्त्र
  • कमजोर केही संस्थानहरू निजीकरण गर्ने सरकारको...

कमजोर केही संस्थानहरू निजीकरण गर्ने सरकारको गृहकार्य

कमजोर केही संस्थानहरू निजीकरण गर्ने सरकारको गृहकार्य

कार्यसम्पादन कमजोर भएका केही संस्थानहरू निजीकरण गर्ने सरकारको गृहकार्य

images
images
सोमवार, कार्तिक ५ २०८१
सोमवार, कार्तिक ५ २०८१
  • काठमाडौं । सरकारले थप सार्वजनिक संस्थान निजीकरण प्रक्रिया अघि बढाएको छ । निजीकरण समितिले बन्द, रुग्ण र कार्यसम्पादन कमजोर भएका केही संस्थानहरूको निजीकरण वर्गीकरणका निम्ति मन्त्रिपरिषदमा प्रस्ताव सिफारिस गर्ने निर्णय गरेको हो।

    images
    images

    जसअनुसार जनकपुर चुरोट कारखाना सहित रुग्ण उद्योग निजीकरण गर्न प्रस्ताव मन्त्रिपरिषद्मा सिफारिस गरिने भएको छ ।
    अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा आज बसेको निजीकरण समितिको बैठकले जनकपुर चुरोट कारखाना, नेपाल मेटल कम्पनी, हेटौडा कपडा उद्योगको वर्गीकरणका लागि प्रस्ताव सिफारिस गर्ने निर्णय गरेको हो ।

    यस्तै विराटनगर जुट मिल, बुटवल धागो कारखाना, गोरखकाली रबर उद्योग, उदयपुर र हेटौडा सिमेन्ट कारखानाको पनि वर्गीकरणका लागि प्रस्ताव सिफारिस गर्ने निर्णय भएको छ ।

    images
    images

    मन्त्रिपरिषद्बाट वर्गीकरण भएपछि सम्पत्ति तथा दायित्व मूल्यांकनका लागि विशेषज्ञसहितको अध्ययन समिति गठन गरिनेछ । सम्पत्ति र दायित्व मूल्यांकन भएपछि विज्ञसहितको सुझावका आधारमा निजीकरणको ढाँचा र प्रकृया पहिचान गरी नेपाल सरकार समक्ष सिफारिस गरिनेछ ।

    समितिको बैठकमा दिइएको जानकारी अनुसार जनकपुर चुरोट कारखाना, नेपाल मेटल कम्पनी, हेटौडा कपडा उद्योग, विराटनगर जुट मिल, वुटवल धागो कारखाना र गोरखकाली रबर उद्योग विगत लामो समयेदेखि बन्द र रुग्ण छन् ।

    यसैगरी उदयपुर र हेटौडा सिमेन्ट कारखानाको कार्य सम्पादन स्तर कमजोर हुनुका साथै निरन्तर घाटामा रहेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend