images

२०८३ आश्विन १८ गते

images
images
images

आज अन्तरराष्ट्रिय ज्याज दिवस मनाइँदै

आज अन्तरराष्ट्रिय ज्याज दिवस मनाइँदै

images
images
बिहिवार, बैशाख १७ २०८३
बिहिवार, बैशाख १७ २०८३
  • काठमाडौँ, १७ वैशाख । आज विश्वका विभिन्न देशमा अन्तरराष्ट्रिय ज्याज दिवस मनाइँदैछ । 

    images
    images

    संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को) को महासम्मेलनले सन् २०११ नोभेम्बरमा प्रत्येक वर्ष अप्रिल ३० लाई अन्तरराष्ट्रिय ज्याज दिवसका रूपमा  मनाउने घोषणा गरेबमोजिम यो दिवस मनाउन प्रारम्भ भएको हो ।

    यो दिवसले विश्वभरका समुदाय, विद्यालय, कलाकार, इतिहासविद्, प्राज्ञ तथा ज्याज सङ्गीतप्रेमीलाई एकै ठाउँमा ल्याई ज्याज सङ्गीतको कला, यसको उत्पत्ति, भविष्य र प्रभावबारे जानकारी आदानप्रदान गर्ने अवसर प्रदान गर्दछ। 

    images
    images

    युनेस्कोका अनुसार ज्याजलाई शान्ति प्रवद्र्धन, संस्कृतिबीच संवाद, विविधताको सम्मान तथा मानव अधिकार र मानवीय गरिमाको संरक्षणमा योगदान गर्ने महत्वपूर्ण अन्तरराष्ट्रिय कला विधाका रूपमा लिइन्छ । साथै, यसले विभेद अन्त्य, अभिव्यक्ति स्वतन्त्रता प्रवद्र्धन, लैङ्गिक समानता र सामाजिक परिवर्तनमा युवाको भूमिकालाई सुदृढ गर्न मद्दत पु¥याउने विश्वास गरिएको छ ।

    सन् २०२१ मा अन्तरराष्ट्रिय ज्याज दिवसको १०औँ वार्षिकोत्सव विश्वकै सबैभन्दा ठूलो वार्षिक ज्याज उत्सवका रूपमा विभिन्न कार्यक्रमका साथ मनाइएको थियो । सो अवसरमा न्युयोर्क, लस एन्जलस, पेरिसस्थित युनेस्को मुख्यालय, केप टाउन, मस्को, टोकियो, रियो दि जेनेरियोलगायत विश्वका विभिन्न सहरहरूबाट आयोजना गरिएका कार्यक्रमहरूको समापन एक भव्य ‘अल–स्टार ग्लोबल कन्सर्ट’ मार्फत गरिएको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend