संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ संयुक्त राष्ट्र सङ्घ अन्तर्गत सेन्ट्रल अफ्रिकन रिपब्लिकमा सञ्चालन भइरहेको मिनुस्का मिसन मा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, सो मिसन अन्तर्गत रिपुमर्दन गण सातौँ डफ्फा र सैनिक प्रहरी युनिट दशौँ डफ्फालाई प्रतिस्थापन गर्न कालीबहादुर गण आठौँ डफ्फा तथा सैनिक प्रहरी गण एघारौँ डफ्फाका १९७ जना शान्ति सैनिकको अन्तिम टोली आज मिसन क्षेत्रमा प्रस्थान गरेको हो।
यसअघि आफ्नो कार्यकाल पूरा गरेका १९७ जना नेपाली शान्ति सैनिक यही वैशाख ११ गते स्वदेश फर्किएका थिए। हाल उक्त मिसनमा नेपाली सेना का कुल १,१०७ जना शान्ति सैनिक कार्यरत रहेका छन्।




.gif)





