images

२०८३ आश्विन १८ गते

images
images
images
  • विश्व
  • पाकिस्तानमा तय इरान–अमेरिका वार्ता अनिश्चित, यात्रा...

पाकिस्तानमा तय इरान–अमेरिका वार्ता अनिश्चित, यात्रा रद्द

पाकिस्तानमा तय इरान–अमेरिका वार्ता अनिश्चित, यात्रा रद्द

images
images
आइतवार, बैशाख १३ २०८३
आइतवार, बैशाख १३ २०८३
  • वासिङ्टन, १३ वैशाख । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित दोस्रो चरणको वार्ताका लागि पाकिस्तान जाने तयारीमा रहेका अमेरिकी प्रतिनिधिमण्डलको यात्रा रद्द गरेका छन। उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै लामो यात्रा समय, कार्यभारको चाप तथा इरानी नेतृत्वभित्र देखिएको असमझदारीका कारण उक्त निर्णय गरिएको उल्लेख गरेका छन।

    images
    images

    राष्ट्रपति ट्रम्पले अमेरिकासँग वार्तामा सबै आवश्यक शक्ति रहेको बताउँदै यदि इरान पक्षले संवाद गर्न चाहन्छ भने सिधै सम्पर्क गर्न सकिने धारणा व्यक्त गरेका छन। यसअघि पनि उनले आफ्ना ज्वाइँ जेरेड कुश्नर र विशेष दूत स्टीभ विटकोफको पाकिस्तान भ्रमण स्थगित गरिएको जानकारी गराएका थिए ।

    यसैबीच, इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले पाकिस्तानको औपचारिक भ्रमण सम्पन्न गरी इस्लामाबाद छोड्ेका छन । उनले पाकिस्तानको शान्ति प्रयास तथा मध्यस्थ भूमिकाको प्रशंसा गर्दै यसलाई फलदायी भ्रमणका रूपमा वर्णन गरेका छन भने अमेरिकी पक्षको कूटनीतिक प्रतिबद्धताबारे प्रश्नसमेत उठाएका छन ।

    images
    images

    उता, अमेरिका र इरानबीचको तनावपूर्ण अवस्थाका बीच फारसको खाडी क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ । अमेरिकी नौसेनाले समुद्री मार्ग सुरक्षित गर्न खानी हटाउने कार्य जारी राखेको छ भने होर्मुज जलडमरूमध्यमा व्यापारिक जहाजहरूको आवागमन सहज बनाउन प्रयास भइरहेको जनाइएको छ ।रासस।एपी 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend