वासिङ्टन डीसीमा आयोजित प्रतिष्ठित ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनर कार्यक्रममा गोली चलेपछि सुरक्षा अवस्था केही समयका लागि तनावग्रस्त बनेको छ। उक्त कार्यक्रममा सहभागी रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सुरक्षाकर्मीले तत्काल सुरक्षित स्थानमा सारेका थिए।
घटना शनिबार राति डिनर कार्यक्रम चलिरहेका बेला भएको हो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनका अनुसार गोली चलेपछि कार्यक्रममा उपस्थित सबै उच्चपदस्थ अधिकारीहरू सुरक्षित रहेका छन्। तीमध्ये उपराष्ट्रपति जेडी भेन्स तथा मन्त्रिपरिषद्का सदस्यहरू पनि कुनै क्षति बिना सुरक्षित रहेको जनाइएको छ।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै आक्रमणकारी पक्राउ परेको जानकारी दिएका छन्। उनले सुरक्षा निकायको तीव्र र साहसी कारबाहीको प्रशंसा गर्दै आफू ह्वाइट हाउस फर्किएको र छिट्टै पत्रकार सम्मेलन मार्फत विस्तृत जानकारी दिने बताएका छन्।
घटनाका कारण अवरुद्ध भएको डिनर कार्यक्रम आगामी ३० दिनभित्र पुनः आयोजना गरिने आयोजकले जनाएको छ।




.gif)





