images

२०८३ आश्विन १८ गते

images
images
images
  • विश्व
  • इरानद्वारा ‘मित्र राष्ट्र’ लाई होर्मुजमा शुल्क...

इरानद्वारा ‘मित्र राष्ट्र’ लाई होर्मुजमा शुल्क छुट

इरानद्वारा ‘मित्र राष्ट्र’ लाई होर्मुजमा शुल्क छुट

images
images
शुक्रवार, बैशाख ११ २०८३
शुक्रवार, बैशाख ११ २०८३
  • तेहरान । इरानले स्ट्रेट अफ होर्मुज भएर आवतजावत गर्ने ‘मित्र राष्ट्र’ का जहाजलाई टोल फिमा छुट दिएको छ । छुट पाउने देशहरूमा रुस पनि रहेको बताइएको छ । मस्कोस्थित इरानी राजदूत काजेम जलालीले रुसी समाचार एजेन्सीलाई दिएको जानकारी अनुसार केही देशहरूलाई विशेष छुट प्रदान गरिएको छ ।‘हामीले केही देशहरूका लागि छुट दिएका छौँ । भविष्यमा के हुन्छ,भन्न सकिँदैन,’ उनले भने । उनका अनुसार, हाल इरानको विदेश मन्त्रालयले यस्ता छुटको उपयोग गर्दै रुस जस्ता मित्र राष्ट्रहरूका लागि सुविधा सुनिश्चित गर्न प्रयास गरिरहेको छ ।

    images
    images

    यसअघि इरानले अमेरिका र इजरायलसँगको द्वन्द्वबिच स्ट्रेट अफ होर्मुज भएर आउने जाने जहाजसँग टोल फि उठाउने योजना अघि सारेको थियो । बिहीबार इरानी संसद्का उपसभामुख हमिदरेजा हाजिबाबाईले टोल फि बापतको एक किस्ता रकम इरानी केन्द्रीय बैंकको खातामा जम्मा भएको बताएका थिए । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend