images

२०८३ आश्विन १८ गते

images
images
images
  • विश्व
  • स्ट्रेट अफ होर्मुजबाट उठेको पहिलो राजस्व...

स्ट्रेट अफ होर्मुजबाट उठेको पहिलो राजस्व इरानी केन्द्रीय बैंकमा जम्मा

स्ट्रेट अफ होर्मुजबाट उठेको पहिलो राजस्व इरानी केन्द्रीय बैंकमा जम्मा

images
images
बिहिवार, बैशाख १० २०८३
बिहिवार, बैशाख १० २०८३
  • तेहरान । इरानले स्ट्रेट अफ होर्मुज भएर आवतजावत गर्ने जहाजमाथि लगाएको टोल फी बापतको पहिलो लटको राजस्व आम्दानी गरेको छ ।इरानी संसदका उपसभामुख हमिदरेजा हाजिबाबाईले बताएअनुसार होर्मुज प्रयोग बापतको शुल्कबाट उठेको पैसा केन्द्रीय बैंकको खातामा जम्मा गरिएको बताएका छन् । इरानको अर्धसरकारी समाचार एजेन्सीले समाचारमा कति शुल्क संकलन भयो वा कुन देशका जहाजबाट लिइयो भन्नेबारे विस्तृत विवरण सार्वजनिक गरेको छैन । आफूले स्वतन्त्र रूपमा यसको पुष्टि गर्न नसकेको बीबीसीले बताएको छ ।स्ट्रेट अफ होर्मुज भएर आवतजावत गर्न इरानले कति शुल्क लिइरहेको छ भन्ने स्पष्ट छैन । हालको युद्धविरामअघि इरानले उक्त जलमार्ग 'मित्र राष्ट्रहरू' का लागि मात्र खुला गरेको बताएको थियो र त्यहाँबाट गुज्रिने जहाजबाट शुल्क उठाउनेबारे चर्चा भएको थियो । तर कति शुल्क लिइयो वा वास्तवमै लिइयो कि लिइएन भन्ने स्पष्ट गरिएको थिएन । यसअघि मार्च अन्त्यतिर भारतस्थित इरानी दूतावासले जहाजलाई मार्ग प्रयोग गर्न २० लाख डलर शुल्क लिइएको भन्ने दाबी अस्वीकार गरेको थियो ।

    images
    images

    यसैबिच, अर्का वरिष्ठ सांसद अलिरेजा सलिमीले पनि तास्निम न्युज एजेन्सीसँग कुरा गर्दै 'विश्वसनीय स्रोतहरूबाट सुनेअनुसार इरानले ट्रेट अफ होर्मुज भएर जाने जहाजहरूबाट शुल्क संकलन गरिरहेको' बताएका छन् । उनका अनुसार शुल्क जहाजको प्रकार, बोकिएको सामानको मात्रा तथा जोखिमको स्तरअनुसार फरक–फरक छन् ।शुल्क कसरी तथा कति उठाउने भन्ने निर्णय इरानले नै गर्ने उनको भनाइ छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई शुल्क तिरेर ट्रेट अफ होर्मुज भएर प्रयोग गर्ने जहाजहरूलाई धम्की दिएका थिए । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend