images

२०८३ आश्विन १८ गते

images
images
images
  • विश्व
  • इरान युद्धको असरः ऐतिहासिक न्यून स्तरमा...

इरान युद्धको असरः ऐतिहासिक न्यून स्तरमा झर्यो इन्डोनेसियाली मुद्रा

इरान युद्धको असरः ऐतिहासिक न्यून स्तरमा झर्यो इन्डोनेसियाली मुद्रा

images
images
बिहिवार, बैशाख १० २०८३
बिहिवार, बैशाख १० २०८३
  • जकार्ता । इन्डोनेशियाको मुद्रा रुपयाको भाउ घटेर अहिलेसम्मकै न्यून स्तरमा ओर्लिएको छ । बिहीबार एक डलरको भाउ इन्डोनेशियामा १७ हजार ३१५ रुपयामा पुगेको छ । यो अहिलेसम्मकै सबैभन्दा कमजोर स्थिति हो । इरान युद्धका कारण स्टेट अफ होर्मुज ठप्पप्रायः भएपछि विश्वभर तेलको आपूर्ति प्रभावित भएर कच्चा तेलको भाउ बढेको छ ।इरानमा अमेरिकी युद्धविरामले पनि स्थिति साम्य पार्न सकेको छैन । अमेरिकाले इरानमाथि आक्रमण रोकेको भएपनि इरानले स्टेट अफ होर्मुजमा जहाजामथि आक्रमण गरेपछि विश्व बजारमा बिहीबार कच्चा तेलको भाउ उकालो लागेको छ । 

    images
    images

    तेल महँगो भएसँगै तेल आयातमा निर्भर इन्डोनेशिया, भारत, फिलिपिन्स र थाइल्यान्ड जस्ता देश मारमा परेका छन् । आयात खर्च बढ्दा यी देशका मुद्रा दबाबमा परेका छन् । बैंक अफ इन्डोनेशियाले बुधबार रुपैयाको अवमूल्यन रोक्न सबै काम गर्ने भनेको छ । मुद्रास्फीति नियन्त्रण गर्न नीतिगत समायोजन गर्न तयार रहेको पनि बताइएको छ ।इरान युद्ध सुरु भएदेखि रुपया ३ प्रतिशतभन्दा बढीले कमजोर भइसकेको छ । योसँगै इन्डोनेशियाली रुपया यस वर्षको दोस्रो सबैभन्दा कमजोर एसियाली मुद्रा बनेको छ । पहिलो स्थानमा भारतीय रुपैयाँ रहेको छ । अन्य देशहरूमा पनि समान प्रवृत्ति देखिएको छ । फिलिपिन्सको पेसो दुई सातामा पहिलो पटक कमजोर हुँदै बिहीबार प्रति डलर ६० दशमलव ५२४ मा झरेको छ भने थाई भाट अप्रिल ८ यताकै न्यून स्तरमा ओर्लिएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend