images

२०८३ आश्विन १८ गते

images
images
images
  • विश्व
  • इरान युद्धमा ट्रम्पको तागत सीमित बनाउने...

इरान युद्धमा ट्रम्पको तागत सीमित बनाउने विधेयक पाँचौँ पटक पनि अस्वीकृत

इरान युद्धमा ट्रम्पको तागत सीमित बनाउने विधेयक पाँचौँ पटक पनि अस्वीकृत

images
images
बिहिवार, बैशाख १० २०८३
बिहिवार, बैशाख १० २०८३
  • वाशिङटन डीसी । अमेरिकी सिनेटले राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानमाथिको सैन्य कारबाही गर्ने अधिकार सीमित पार्ने प्रस्तावलाई पुनः अस्वीकृत गरेको छ । योसँगै यस वर्ष पाँचौँ पटक सिनेटमा सो प्रस्ताव अस्वीकृत भएको हो । उक्त प्रस्तावले भविष्यमा इरानविरुद्ध कुनै पनि सैन्य कदम चाल्नुअघि ट्रम्पले कंग्रेसको स्वीकृति अनिवार्य लिनु पर्ने व्यवस्था गर्न खोजिएको थियो ।मतदानमा प्रस्तावको पक्षमा ४६ र विपक्षमा ५१ मत खसेको थियो । डेमोक्रेटिक सिनेटर जोन फेटरम्यानले रिपब्लिकनहरूसँग मिलेर प्रस्तावको विपक्षमा मतदान गरे भने रिपब्लिकन सिनेटर र्यान्ड पलले डेमोक्रेटतिर लागेर प्रस्तावको पक्षमा मतदान गरेका थिए । सिनेटका अल्पसंख्यक नेता चक शमरले डेमोक्रेटहरूले गत हप्ता अब निकट भविष्यमा हरेक हप्ता युद्धसम्बन्धी तागत सीमित बनाउने विषयमा मतदान गराउने घोषणा गरेका छन् ।

    images
    images

    थोमस टिलिस र लिजा मुर्कोवस्की जस्ता रिपब्लिकन सांसदहरूले इरान युद्ध ६० दिन पुगेपछि सैन्य कारबाही स्वीकृत गर्ने मतदानलाई समर्थन गर्न सक्ने सङ्केत दिएका छन् । साथै, यदि द्वन्द्व ९० दिनसम्म पनि जारी रहेमा यस्तो कदम चाल्ने सम्भावनालाई सिनेटमा रिपब्लिकन नेतृत्वले अस्वीकार गरेको छैन । तर, सिनेट बहुमतका नेता जोन थुनले सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै हालका लागि यस्तो स्वीकृति मतदान हुने सम्भावना नरहेको बताएका थिए । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend