images

२०८३ आश्विन १८ गते

images
images
images
  • विश्व
  • इरान युद्ध अन्त्यको कुनै समय सीमा...

इरान युद्ध अन्त्यको कुनै समय सीमा छैन : ट्रम्प

इरान युद्ध अन्त्यको कुनै समय सीमा छैन : ट्रम्प

images
images
बिहिवार, बैशाख १० २०८३
बिहिवार, बैशाख १० २०८३
  • वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी द्वन्द्वको अन्त्यका लागि कुनै निश्चित समय सीमा नभएको बताएका छन् । उनले आफ्नो रणनीतिमा राजनीतिक दबाब, विशेष गरी मध्यावधि निर्वाचनको प्रभाव परेको भन्ने दाबी अस्वीकार गरेका छन् ।फक्स न्युजकी प्रस्तोता मार्था म्याककलमसँगको अन्तर्वार्तामा ट्रम्पले युद्धविराम वा सम्भावित शान्ति वार्ताका लागि समेत समयको कुनै दबाब नरहेको स्पष्ट पारे । मङ्गलवार थप गरिएको युद्धविरामको लागि कुनै अन्तिम म्याद नतोकिएको पनि उनले बताए ।

    images
    images

    युद्ध कहिले सकिन्छ भन्ने प्रश्नमा ट्रम्पले कुनै हतार नभएको दोहोर्‍याए । यसअघि उनले युद्ध ४ देखि ६ हप्तामा सकिने बताएका थिए । तर अहिले यो सातौँ हप्तामा प्रवेश गरिसकेको छ । ‘मानिसहरू भनिरहेका छन् कि मध्यावधि चुनावका कारण मैले छिटो टुङ्ग्याउन चाहेको छु, तर त्यो सही होइन,’ उनले भने, ‘हामी अमेरिकी जनताका लागि राम्रो सम्झौता चाहन्छौँ ।’ट्रम्पले युद्धविराम विस्तार गरे पनि इरानी बन्दरगाहहरू माथिको अमेरिकी नाकाबन्दी जारी राख्ने प्रतिबद्धता जनाएका छन् । उनले तेहरानलाई वार्ता पुनः सुरु गर्न एकीकृत प्रस्ताव पेश गर्न दबाब दिएका छन् । यसैबिच, सीएनएनका अनुसार मङ्गलवार साँझसम्म अमेरिकी प्रशासनले इरानी अधिकारीहरूबाट लगभग कुनै प्रतिक्रिया नपाएको जनाएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend