काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग दोस्रो चरणको शान्ति वार्ता शुक्रबारसम्म सुरु हुन सक्ने बताएका छन्।
अमेरिकी सञ्चारमाध्यम न्युयोर्क पोस्टका अनुसार पाकिस्तानका अधिकारीहरूले वार्ता आगामी ३६ देखि ७२ घण्टाभित्र सुरु हुन सक्ने जानकारी दिएका छन्।
यस विषयमा सोधिएको प्रश्नमा ट्रम्पले टेक्स्ट म्यासेज मार्फत प्रतिक्रिया दिँदै “यो सम्भव छ” भनेका छन्।
वार्ताको वातावरण बनाउन ट्रम्प प्रशासनले इरानसँगको युद्धविराम अवधि अनिश्चितकालका लागि बढाइसकेको बताइएको छ।
अमेरिका र इरानबीचको सम्बन्ध लामो समयदेखि तनावपूर्ण रहँदै आएको छ। प्रस्तावित वार्तालाई दुवै देशबीचको तनाव कम गर्ने प्रयासका रूपमा हेरिएको छ।




.gif)





