images

२०८३ आश्विन १७ गते

images
images
images

चोरिएर लन्डन पुगेको १३औँ शताब्दीको महागौरी मूर्ति आफ्नै मन्दिरमा पुनःस्थापित

चोरिएर लन्डन पुगेको १३औँ शताब्दीको महागौरी मूर्ति आफ्नै मन्दिरमा पुनःस्थापित

images
images
सोमवार, बैशाख ७ २०८३
सोमवार, बैशाख ७ २०८३
  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विभिन्न समयमा चोरी भएर विदेशका सङ्ग्रहालयमा पुगेका प्राचीन मूर्ति फिर्ता ल्याउने र स्वदेशकै सङ्ग्रहालयमा राखिएका मूर्तिलाई आफ्नै स्थानमा पुनःस्थापित गर्न थालेको छ।महानगरपालिकाले विश्व सम्पदा दिवसको अवसर पारेर छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालयमा राखिएको १३औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति वडा नं. २० मरुस्थित गःगुठी सूर्यमुखी महादेव मन्दिर परिसरको आफ्नै आसनमा पुनःस्थापित गरेको छ।महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गत, वडा नं. २० का अध्यक्ष राजेन्द्र मानन्धर, सम्पदा अभियानकर्ताद्वय गणपतिलाल श्रेष्ठ र अधिवक्ता सञ्जय अधिकारीले सङ्ग्रहालयको जुद्धजातीय कलाशालामा राखिएको यो मूर्ति बुझेर ल्याएका हुन्।

    images
    images

    सङ्ग्रहालयकी प्रमुख अरुणा नकर्मी, हनुमानढोका हेरचाह अड्डाका प्रमुख काजिमान प्याकुरेल, राष्ट्रिय सङ्ग्रहालयका सङ्ग्रहालय अधिकृत सुवासकृष्ण डङ्गोल र पुरातत्त्व विभागकी पुरातत्त्व अधिकृत अमृता महर्जनको रोहवरमा सङ्ग्रहालयका भण्डारे विन्दा श्रेष्ठ र सहायक पथप्रदर्शक उषाकुमारी सिंहले मूर्ति बुझाएका हुन्।मूर्तिको नाप ६८.५ सेन्टिमिटर उचाइ र ३०.५ सेन्टिमिटर चौडाइ रहेको जनाइएको छ। सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गत भन्छन्, “काठमाडौँको पहिचान जोगाउनु हाम्रो मुख्य दायित्वमध्ये एक हो। यसप्रति हामी प्रतिबद्ध छौँ र नियमित काम गरिरहन्छौँ।”

    चोरिएर लन्डन पुगेको यो मूर्ति बेलायतस्थित नेपाली दूतावासमार्फत फिर्ता भएपछि पुरातत्त्व विभागले २०५२ साल चैत २९ गते राष्ट्रिय सङ्ग्रहालयमा सुरक्षित राख्न पठाएको थियो।हरेक वर्ष अङ्ग्रेजी महिनाको अप्रिल १८ तारिखलाई 'इन्टरनेसनल डे फर मोनुमेन्ट्स एन्ड साइट्स' अर्थात् विश्व सम्पदा दिवसका रूपमा मनाउने गरिन्छ। सन् १९६५ मा स्थापना भएको 'इन्टरनेसनल काउन्सिल अन मोनुमेन्ट्स एन्ड साइट्स' (स्मारक क्षेत्रहरूको अन्तर्राष्ट्रिय परिषद्) ले यो दिवस मनाउन सुरु गरेको हो। परिषद्ले सन् १९८२ मा दिवस मनाउन राखेको प्रस्ताव त्यसको एक वर्षपछि युनेस्कोले पारित गरेपछि अन्तर्राष्ट्रिय रूपमा यो दिवस मनाउन थालिएको हो।नेपालमा भने सन् २०१० देखि यो दिवसलाई औपचारिक रूपमा मनाउन थालिएको हो।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend