images

२०८३ आश्विन १७ गते

images
images
images

लघुकथाकृति ‘आमाको आँखा’ सार्वजनिक

लघुकथाकृति ‘आमाको आँखा’ सार्वजनिक

images
images
शनिवार, बैशाख ५ २०८३
शनिवार, बैशाख ५ २०८३
  • काठमाडौँ, ५ वैशाख । लघुकथाकार शोभा अधिकारी को पहिलो लघुकथासङ्ग्रह ‘आमाको आँखा’ आज एक कार्यक्रमका बीच लोकार्पण गरिएको छ।

    images
    images

    लघुकथा समाज नेपाल द्वारा आयोजित कार्यक्रममा वरिष्ठ नाट्यकर्मी अशेष मल्ल, साहित्यकार श्रीओम श्रेष्ठ रोदन, वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, पद्मकन्या क्याम्पस की सहायक प्रमुख विमला नेपाल, साहित्यकार अनुपमा रेग्मी, सुमन घिमिरे वर्षा तथा समाजका अध्यक्ष तुलसीहरि कोइराला लगायतले संयुक्त रूपमा कृतिको लोकार्पण गरेका छन।

    कार्यक्रममा नाट्यकर्मी मल्लले प्रत्येक कृति र कलाको आफ्नै महत्व हुने उल्लेख गर्दै कृतिकार अधिकारीको लेखनीले साहित्यिक क्षेत्रमा नयाँ योगदान थपेको बताएका छन।। साहित्यकार रोदनले समसामयिक घटना र समाजलाई बुझ्ने सन्दर्भमा अधिकारीको दूरदृष्टि प्रशंसनीय रहेको धारणा राखेका छन ।

    images
    images

    समाजका अध्यक्ष कोइरालाले लघुकथामा महिला स्रष्टाहरूको बढ्दो सहभागिता सकारात्मक संकेत भएको बताएका छन। कृतिकार अधिकारीले आफूले देखेका र भोगेका यथार्थलाई मनको आवाज र हृदयको सन्देशका रूपमा पुस्तकमा उतारेको अनुभव सुनाएका छन।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend