images

२०८३ आश्विन १७ गते

images
images
images

बिस्केट जात्राको इतिहासमै पहिलोपटक महिलाले ताने नकिजु अजिमा (भद्रकाली)को रथ

बिस्केट जात्राको इतिहासमै पहिलोपटक महिलाले ताने नकिजु अजिमा (भद्रकाली)को रथ

images
images
शुक्रवार, बैशाख ४ २०८३
शुक्रवार, बैशाख ४ २०८३
  • भक्तपुर, ४ वैशाख । बिस्केट जात्राको सातौँ दिन बिहीबार भक्तपुरमा इतिहासमै पहिलोपटक महिलाहरूले नकिजु अजिमा (भद्रकाली)को दुईतले रथ तानेका छन् । आठ रात नौ दिनसम्म भक्तपुरमा भव्य रूपमा मनाइने बिस्केट जात्रामा सातौँ दिन पाँचतले मन्दिरबाट नकिजु अजिमा (भद्रकाली)को रथ तानेर इतिहास कायम गरेका हुन् ।

    images
    images

    यसअघि हरेक वर्ष पुरुषहरूले तान्दै आएको नकिजु अजिमाको रथ यस वर्ष भने जात्रा व्यवस्थापन समितिले नै महिलाहरूलाई आह्वान गरी पहिलोपटक महिलाहरूले मात्रै रथ तानेका हुन् । वैशाख १ गते ल्यासिंखेलमा लिङ्गो ढालेपछि त्यहीबाट भैरव र भद्रकालीको रथलाई तानेर ल्याई गःहिटीम जुधाउने प्रचलन रहेको छ । नकिजु अजिमाको रथ तान्नलाई हजारौँ महिलाको भीड थियो ।

    बिहीबार नै ब्रम्हायणी र महेश्वरीको तिप्वा जात्राको खट जुधाइएको छ । भक्तपुरमा आयोजना गरेको या जात्रा हरेक बिस्का जात्राको सातौँ दिन ब्रम्हायणी र महेश्वरीको रथ जुधाएर जात्रा मनाउने गरिन्छ ।

    images
    images

    जात्राका आठौँ दिन आज (शुक्रबार) भने सुगन जात्रा मनाउने प्रचलन छ । सगुन जात्रामा भक्तपुरका स्थानीयले यहाँका विभिन्न देवीदेवताका मन्दिरमा गएर सगुन चढाएर पुजन गर्ने गरिन्छ । जात्राको नवौ दिन अर्थात् जात्राको अन्तिम दिन वैशाख ५ गते भैरवको रथ तानेर जात्रा सम्पन्न गर्ने प्रचलन छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend