images

२०८३ आश्विन १८ गते

images
images
images

पाककला गौरव सम्मान २०८३ प्रदान गरिने

पाककला गौरव सम्मान २०८३ प्रदान गरिने

images
images
बुधवार, बैशाख २ २०८३
बुधवार, बैशाख २ २०८३
  • काठमाडौँ । अग्रणी सञ्चार संस्था ग्लोरी मिडिया र पर्यटन क्षेत्रसँग सम्बद्ध न्युजलाइन्स नेपाल मिडियाको संयुक्त आयोजनामा प्रमुख कार्यकारी सेफ युवराज पोखरेललाई “पाककला गौरव सम्मान २०८३” प्रदान गरिने भएको छ ।

    images
    images

    नेपाल टेलिभिजन मार्फत विगत दुई दशकदेखि निरन्तर कार्यक्रम प्रस्तुत गर्दै आएको उक्त संस्थाद्वारा आयोजना हुने कार्यक्रममा नेपाली रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ ।

    आयोजकका अनुसार २०८३ साल वैशाख ५ गते (शनिबार) नुवाकोटको ककनीस्थित तारा गाउँ भिलेज रिसोर्टमा आयोजना हुने “रैथाने खाना प्रवर्द्धन तथा सञ्चारकर्मी सँग प्राकृतिक भोजन कार्यक्रम” मा करिब १५० जना सञ्चारकर्मी तथा आमन्त्रित अतिथिहरूको सहभागिता रहनेछ ।

    images
    images

    कार्यक्रममा सेफ पोखरेललाई पाककला क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिनेछ । कार्यक्रममा उनको अनिवार्य उपस्थितिका लागि आयोजकले आग्रह गरेको छ ।

    कार्यक्रम बिहान ९ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म सञ्चालन हुनेछ भने औपचारिक उद्घाटन सत्र बिहान ११ः३० बजे हुने तय गरिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend