images

२०८३ आश्विन १८ गते

images
images
images

जलस्रोत संरक्षणसँगै पर्यटन प्रवद्र्धनः थलथले पोखरी नयाँ गन्तव्य

जलस्रोत संरक्षणसँगै पर्यटन प्रवद्र्धनः थलथले पोखरी नयाँ गन्तव्य

images
images
बुधवार, चैत्र १८ २०८२
बुधवार, चैत्र १८ २०८२
  • भोजपुर, १८ चैत । जलस्रोत संरक्षण र पर्यटन प्रवर्द्र्धनलाई सँगै अघि बढाउने उद्देश्यका साथ भोजपुरको हतुवागढी गाउँपालिका–१ मा अवस्थित थलथले पोखरीको संरक्षण तथा स्तरोन्नति गरिएको छ । प्राकृतिक स्रोतको दीगो व्यवस्थापन गर्दै स्थानीय आर्थिक विकासमा टेवा पु¥याउने लक्ष्यसहित गाउँपालिकाले यो पहल अघि बढाएको हो ।

    images
    images

    वर्षौंदेखि स्थानीयका लागि पानीको महत्वपूर्ण स्रोतका रूपमा रहेको थलथले पोखरी पछिल्लो समय संरक्षण अभावका कारण जीर्ण बन्दै गएको थियो । पोखरी वरपर झारपात बढ्नु, संरचना कमजोर बन्दै जानु तथा पानीका मुहानहरू जोखिममा पर्न थालेपछि यसको संरक्षण गरिएको हो । पोखरीको आवश्यकतालाई मध्यनजर गर्दै वडा कार्यालय र गाउँपालिकाको साझेदारीमा संरक्षण कार्य सुरु गरिएको हो ।

    पोखरीभन्दा तल रहेका पानीका मुहानहरूको संरक्षणलाई विशेष प्राथमिकतामा राखिएको छ । ती मुहानहरू स्थानीय बासिन्दाको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका छन्, जसले खानेपानी र सिँचाइको प्रमुख आधारका रूपमा काम गर्दै आएका छन् । मुहान जोगाउने उद्देश्यले पोखरी क्षेत्र वरपर सरसफाइ, माटो कटान नियन्त्रण, संरचनागत सुधारका काम गरिएको वडाध्यक्ष कुमार विष्टले जानकारी दिनुभयो ।

    images
    images

     वडाध्यक्ष विष्टका अनुसार वडा कार्यालय र गाउँपालिकाको करिब रु सात लाख ५० हजारको लगानीमा पोखरी संरक्षण गरिएको हो । “हामीले जलस्रोत संरक्षणलाई पहिलो प्राथमिकतामा राखेका छौँ,” वडाध्यष विष्टले भन्नुभयो, “यससँगै पर्यटन विकासलाई जोडेर स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने र आर्थिक गतिविधि बढाउने लक्ष्य पनि लिएका छौँ ।”

    थलथले पोखरी जोर आहल–संखामचुली पदमार्ग नजिकै पर्ने भएकाले यसको रणनीतिक महत्व अझ बढेको छ । पछिल्लो समय यो पदमार्ग आसपासका क्षेत्रहरूमा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गइरहेको सन्दर्भमा थलथले पोखरीलाई सोही मार्गको महत्वपूर्ण गन्तव्यका रूपमा विकास गर्न थालिएको हो । पदयात्रामा निस्कने पर्यटकका लागि यो स्थान विश्राम, अवलोकन र प्राकृतिक सौन्दर्यको अनुभूति लिन उपयुक्त स्थल बन्ने विश्वास गरिएको छ ।

    पोखरी वरपरको हरियाली, शान्त वातावरण, चिसो हावा र प्राकृतिक दृश्यावलोकनले यस क्षेत्रलाई विशेष बनाएको छ । संरक्षणपछि पोखरीको स्वरूप आकर्षक बनेसँगै फोटो खिच्ने, घुमफिर गर्ने तथा समय बिताउने स्थानका रूपमा यसको सम्भावना बढेको स्थानीयवासी बाचिधन राईले बताउनुभयो । उचित प्रचारप्रसार गर्न सकेमा थलथले पोखरी आन्तरिक पर्यटनको नयाँ केन्द्र बन्न सक्ने उहाँको भनाइ छ । पोखरी संरक्षणसँगै पानीको स्रोत सुरक्षित भएकाले  वातावरणीय सन्तुलन कायम राख्न सहयोग पुगेको स्थानीयको भनाइ छ । 

    गाउँपालिकाले आगामी दिनमा यस क्षेत्रलाई थप व्यवस्थित र आकर्षक बनाउन विभिन्न योजना अघि बढाउने गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो । स्थानीय समुदायको सहभागितामा संरक्षण र प्रवर्द्धनलाई निरन्तरता दिने उहाँको भनाइ छ । प्राकृतिक मुहानहरुको संरक्षणको लागि गाउँपालिकाले एक टोल एक पोखरीको अवधारणा अनुसार काम गरिरहेको अध्यक्ष राईले बताउनुभयो । यहाँको प्राकृतिक स्रोतको संरक्षण र पर्यटन प्रवर्द्धनलाई एकीकृत रूपमा अघि बढाइएको छ । थलथले पोखरीको संरक्षणले केवल एक जलस्रोत जोगाउने मात्र नभई सामाजिक र पर्यावरणीय विकासमा सकारात्मक प्रभाव पार्ने स्थानीयको भनाइ छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend