images

२०८३ आश्विन १८ गते

images
images
images

‘फेक रेस्क्यू’ धन्दा : ३३ जनाविरुद्ध मुद्दा सिफारिस, पर्यटन क्षेत्रमा ठूलो झड्का

‘फेक रेस्क्यू’ धन्दा : ३३ जनाविरुद्ध मुद्दा सिफारिस, पर्यटन क्षेत्रमा ठूलो झड्का

images
images
सोमवार, चैत्र ९ २०८२
सोमवार, चैत्र ९ २०८२
  • काठमाडौं। हिमाली पर्यटनमा गम्भीर विकृति देखिएको ‘फेक रेस्क्यू’ प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले ठूलाे कदम चालेको छ। नक्कली उद्धारमार्फत करोडौं ठगी गर्ने संगठित गिरोहविरुद्ध ३३ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउन सिफारिस गरिएको छ।

    images
    images

    करिब दुई महिनाको अनुसन्धानपछि १२ सय ४३ पृष्ठको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइएको छ। यसअघि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समेत प्रश्न उठाएपछि पर्यटन मन्त्रालयको प्रतिवेदनका आधारमा अनुसन्धान अघि बढाइएको थियो।

    को-को परे मुद्दामा ?

    images
    images

    CIB का अनुसार फेक रेस्क्यू धन्दामा संलग्न विभिन्न क्षेत्रका व्यक्तिहरूलाई समेटिएको छः

    २१ वटा ट्रेकिङ तथा ट्राभल्स कम्पनी
    ५ वटा रेस्क्यू कम्पनी
    ४ वटा हेलिकोप्टर कम्पनी
    ३ वटा अस्पताल
    ३ विदेशी बीमा कम्पनीका नेपाली एजेन्ट
    १ जना गाइड

    हाल ११ जना पक्राउ परेका छन् भने २२ जना फरार छन्।

    रेस्क्यू कम्पनीहरू

    मुद्दा सिफारिस गरिएका मुख्य रेस्क्यू कम्पनीः

    एभरेष्ट एक्सपेरियन्स असिस्ट
    माउन्टेन रेस्क्यु सर्भिस
    नेपाल चार्टर सर्भिस
    हेली अन कल
    हेलिकोप्टर कम्पनीहरू

    नक्कली उद्धारमा संलग्न ठहरिएका हेलिकोप्टर कम्पनीः

    अल्टिच्युड एयर
    एयर डाइनेस्टी
    माउन्टेन हेलिकोप्टर
    बेसक्याम्प हेलिकोप्टर
    मनाङ एयर
    अस्पतालहरू

    नक्कली बिरामी देखाएर बिल उठाउने आरोपमा तीन अस्पतालः

    श्रीद्धि इन्टरनेशनल अस्पताल (लाजिम्पाट)
    स्वाकन अस्पताल (बत्तिसपुतली)
    एरा इन्टरनेशनल अस्पताल (सोह्रखुट्टे)
    ट्रेकिङ/ट्राभल्स कम्पनीहरू

    २१ भन्दा बढी ट्रेकिङ तथा ट्राभल्स कम्पनी पनि अनुसन्धानको दायरामा छन्, जसमा मास्टर हिमालय, म्याजिक हिमालय, स्नो आइस ट्राभल्स, नेपाल हाइकिङ एडभेन्चर्स, रोयल होलिडेज एडभेन्चर्स लगायत समावेश छन्।

    बीमा एजेन्टसमेत मुछिए

    विदेशी बीमा कम्पनीका नेपाली एजेन्टहरू
    कुमार भण्डारी, श्याम सुन्दर कँडेल, जयराम रिमाल र रामकुमार फुयाँल—माथि पनि मुद्दा सिफारिस गरिएको छ।

    के-के आरोप ?

    अभियुक्तहरूलाई निम्न कसुरमा मुद्दा चलाउन सिफारिस गरिएको छः

    राष्ट्रहित प्रतिकूल कसुर
    आपराधिक लाभ (ठगी)
    लिखत सम्बन्धी कसुर
    संगठित अपराध
    कति रकमको ठगी ?

    अनुसन्धान अनुसार करिब:

    रु ९४ करोड ८४ लाख ९७ हजार ३९१
    २९ लाख ९८ हजार ८२३ अमेरिकी डलर
    १४ हजार ५ सय युरो

    बराबरको बिगो कायम गरिएको छ। CIB का अनुसार यो केवल प्रारम्भिक हिस्सा मात्र हो, थप अनुसन्धान जारी छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend