images

२०८३ आश्विन १७ गते

images
images
images

आठ महिनामा १४ खर्ब ८० अर्बको वैदेशिक व्यापार, ११ खर्ब व्यापार घाटा

आठ महिनामा १४ खर्ब ८० अर्बको वैदेशिक व्यापार, ११ खर्ब व्यापार घाटा

images
images
आइतवार, चैत्र ८ २०८२
आइतवार, चैत्र ८ २०८२
  • काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा नेपालको वैदेशिक व्यापार १४ खर्ब ८० अर्ब ३६ करोड रुपैयाँ पुगेको छ। भन्सार विभागको तथ्याङ्कनुसार समीक्षा अवधिमा नेपालको कुल वैदेशिक व्यापार १३.५५ प्रतिशत बढेर सो स्थानमा पुगेको हो । यसमध्ये १२ खर्ब ८९ अर्ब २५ करोड रुपैयाँको आयात तथा १ खर्ब ९१ अर्ब ११ करोड रुपैयाँ बराबरको निर्यात भएको विभागको तथ्यांक छ । 

    images
    images

    समीक्षा अवधिमा १२ खर्ब ८९ अर्ब २५ करोड रुपैयाँ बराबरको आयात भएको छ । यो गत वर्षको सोही अवधिको आयातको तुलनामा १२.५४ प्रतिशत बढी हो । गत वर्षको यही अवधिमा ११ खर्ब ४५ अर्ब ५६ करोडको आयात भएको थियो । फागुन महिनामा मात्रै १ खर्ब ६५ अर्ब ७६ करोड रुपैयाँ बराबरको आयात भएको छ । निर्यात व्यापारमा पनि यो अवधिमा उल्लेख्य सुधार देखिएको छ । फागुन मसान्तसम्म नेपालले १ खर्ब ९१ अर्ब ११ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा २०.८३ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यही अवधिमा निर्यात १ खर्ब ५८ अर्ब १७ करोड रुपैयाँ मात्र सीमित थियो।

    तथ्याङ्क अनुसार आयात-निर्यात अनुपातमा भने केही सुधार देखिएको छ। अघिल्लो वर्ष १ रुपैयाँ बराबरको निर्यात गर्दा ७.२४ रुपैयाँ बराबरको आयात हुने गरेकोमा यस वर्ष सो अनुपात घटेर ६.७५ रुपैयाँ कायम भएको छ।कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा अघिल्लो वर्ष १२.१३ प्रतिशत रहेकोमा यस वर्ष बढेर १२.९१ प्रतिशत पुगेको छ। त्यस्तै, आयातको हिस्सा भने ८७.८७ प्रतिशतबाट सामान्य घटेर ८७.०९ प्रतिशतमा झरेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend