images

२०८३ आश्विन १७ गते

images
images
images
  • अर्थतन्त्र
  • यातायात व्यवस्था कार्यालय धनगढीद्वारा ४८ करोड...

यातायात व्यवस्था कार्यालय धनगढीद्वारा ४८ करोड राजस्व सङ्कलन

यातायात व्यवस्था कार्यालय धनगढीद्वारा ४८ करोड राजस्व सङ्कलन

images
images
शुक्रवार, चैत्र ६ २०८२
शुक्रवार, चैत्र ६ २०८२
  • कैलाली । यातायात व्यवस्था कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८२-८३ को हालसम्ममा रु ४८ करोड १९ लाख ५१ हजार राजस्व सङ्कलन गरेको छ ।विभिन्न शीर्षकबाट सो राजस्व सङ्कलन गरेको यातायात व्यवस्था कार्यालयका प्रमुख भुवन जोशीले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी सवारीसाधनको करबाट रु ३७ करोड ८३ लाख र सबैभन्दा कम व्यावसायिक रजिष्ट्रेसन दस्तुरबाट रु १२ लाख राजस्व सङ्कलन भएको छ ।

    images
    images

    त्यस्तै चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुर, लाइसेन्स नवीकरण, जरिवाना, जाँचपास र लाइसेन्स प्रमाणीकरणबाट रु नौ करोड ३५ लाख ८२ हजार तथा यातायात क्षेत्रको आम्दानी (लगतकट्टा, प्रदूषण, रुट ईजाजत) बाट रु ८८ लाख २६ हजार राजस्व सङ्कलन भएको छ ।

    यातायात व्यवस्था कार्यालयले आर्थिक वर्ष २०८१-८२ मा राजस्वका विभिन्न शीर्षकबाट रु ७५ करोड ५६ लाख २७ हजार राजस्व सङ्कलन गरेको थियो । कार्यालयको बेरुजु रकम भने शून्य रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend