images

२०८३ आश्विन १८ गते

images
images
images

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

images
images
शुक्रवार, चैत्र ६ २०८२
शुक्रवार, चैत्र ६ २०८२
  • गत वर्षको तुलनामा यो वर्ष यहाँको राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढेको छ । चालु आर्थिक वर्षको ११ महिनामा निकुञ्ज र मध्यवर्ती सामुदायिक वनहरूमा घुम्न आउने पर्यटकको संख्या १२ हजार ४१२ ले बढेको हो ।गत आर्थिक वर्षको सोही अवधिमा १ लाख ५६ हजार २८३ पर्यटक आएका थिए भने यो वर्ष १ लाख ६८ हजार ६९५ पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार फागुन मसान्तसम्ममा निकुञ्जमा १ लाख ४ हजार ९६ जना नेपाली पर्यटक आएका थिए । यो संख्या गत वर्ष ८१ हजार २४६ रहेको थियो । यस्तै सार्क मुलुकका ९ हजार ५४४ जना, अन्य देशका ५५ हजार ५५ जनाले यस वर्ष निकुञ्ज भ्रमण गरेको उनले जानकारी दिए । गत वर्ष यो संख्या क्रमशः १४ हजार २०७ र ६० हजार ८३० रहेको थियो ।

    images
    images

    निकुञ्जमा एक सिङ्गे गैँडा, पाटेबाघ, भालु, हात्ती, चित्तल, घडीयाल गोहीलगायतका वन्यजन्तु र चराचुरुङ्गी हेर्न पर्यटहरू आउने गर्दछन् । निकुञ्जले चालु आवमा १७ करोड ५७ लाख ५६ हजार ३२५ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।काठ दाउरा बिक्रीबापत ७१ हजार ३५० रुपैयाँ, गैरकाठ वन पैदावर बिक्रीबापत ७० लाख ६८ हजार ७६६ रुपैयाँ, पर्यापर्यटनबाट १६ करोड ६३ लाख २४ हजार १०० रुपैयाँ, दण्ड सजायबाट ७ लाख ५९ हजार ७०४ र अन्य शीर्षकबाट १५ लाख २२ हजार ४०५ रुपैयाँ रकम राजस्व सङ्कलन भएको उनले जानकारी दिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend