images

२०८३ आश्विन १८ गते

images
images
images

राईनासकोट राताम्य, गुराँससँग रम्दै पर्यटक

राईनासकोट राताम्य, गुराँससँग रम्दै पर्यटक

images
images
सोमवार, चैत्र २ २०८२
सोमवार, चैत्र २ २०८२
  • लमजुङ।  लमजुङको ऐतिहासिक तथा पर्यटकीय स्थल राईनासकोट क्षेत्रमा लालीगुराँस फुल्न थालेसँगै आन्तरिक पर्यटकको आकर्षण उल्लेख्य रुपमा बढ्न थालेको छ । बनपाखाभरि ढकमक्क फुलेका गुराँसले डाँडाकाँडा राताम्य बनेपछि घुम्न आउने पर्यटकहरुको भीड बढेको हो ।विशेषगरी बिदाका दिन सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक राईनासकोट पुगेका छन् । बिदाको अवसर पारेर सदरमुकाम बेंसीशहरसहित लमजुङ र छिमेकी जिल्ला तनहुँका विभिन्न स्थानबाट घुम्न जानेहरुको चहलपहल बढेको स्थानीयले बताएका छन् ।

    images
    images

    लालीगुराँशको मौसम सुरु भएसँगै राईनासकोट मात्र नभई बेंसीशहरको गाउँशहर हुँदै पुरानाकोट गढी, घलेगाउँ, भुजुङ, पसगाउँ लगायतका क्षेत्रका बनजंगल पनि गुराँसले ढकमक्क भएका छन् । यसले गर्दा प्राकृतिक सौन्दर्य अवलोकन, सूर्योदय तथा हिमाल हेर्न आउने पर्यटकहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ।गुराँस फुल्ने सिजन सुरु भएसँगै सम्बन्धित क्षेत्रका होमस्टेहरुमा पनि आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको पर्यटन व्यवसायीहरुले बताएका छन् । उत्तरी लमजुङका पर्यटकीय गाउँहरुमा पनि यस मौसममा पर्यटक पुग्ने क्रम बढ्दो छ ।हाल जिल्लाका विभिन्न गाउँहरुमा दर्जनभन्दा बढी होमस्टे सञ्चालनमा छन् । उत्कृष्ट गाउँ तथा मौसमी प्राकृतिक सम्पदालाई व्यवस्थित रुपमा प्रवर्धन गर्न सके पर्यटन व्यवसायबाटै जिल्लाका धेरै बासिन्दाले रोजगारी तथा आयआर्जन गर्न सक्ने सरोकारवालाहरूको भनाइ छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend