images

२०८३ आश्विन १८ गते

images
images
images

पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक

पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक

images
images
सोमवार, चैत्र २ २०८२
सोमवार, चैत्र २ २०८२
  • झापा, २ चैत । पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा छ हजार ७९१ तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् । 

    images
    images

    अध्यागमन कार्यालय काँकडभिट्टाका कार्यालय प्रमुख तुलसी भट्टराईका अनुसार चालू आर्थिक वर्ष २०८२।८३ को साउनदेखि फागुनसम्ममा पूर्वी नाकाबाट अमेरिका, बेलायत, भूटान लगायतका मुलुकबाट पर्यटकहरु नेपाल भित्रिएका हुन् ।

    उनले साउनमा २८४, भदौमा २१९, असोजमा ५४१, कात्तिकमा ६२४, मङ्सिरमा ८७३, पुसमा एक हजार ८५०, माघमा एक हजार ३९५ र फागुनमा एक हजार पाँच जना पर्यटक भित्रिएको जानकारी दिनुभयो ।

    images
    images

    सोही अवधिमा अध्ययनलगायतका कामले विदेशमा रहेका तीन हजार १३३ नेपालीहरु सोही नाका भएर नेपाल फर्किएको समेत उनले बताए । उक्त नाकाबाट अध्यागमन प्रक्रिया पूरा गरी नेपालबाट विदेश फर्किएका पर्यटकको संख्या छ हजार ५५२ रहेको छभने एक हजार ८४७ जना नेपाली समेत विदेश गएका छन् ।

    गत आर्थिक वर्ष २०८१।८२ मा सोही नाकाबाट आठ हजार ७२३ जना तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका थिए ।रासस

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend