images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • रासस र गण्डकीको प्रेस रजिष्ट्रारको कार्यालयबीच...

रासस र गण्डकीको प्रेस रजिष्ट्रारको कार्यालयबीच सहकार्यबारे छलफल

रासस र गण्डकीको प्रेस रजिष्ट्रारको कार्यालयबीच सहकार्यबारे छलफल

images
images
शुक्रवार, फाल्गुण २९ २०८२
शुक्रवार, फाल्गुण २९ २०८२
  • गण्डकी, २९ फागुन । राष्ट्रिय समाचार समिति (रासस) र प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशबीच आपसी सहकार्य र समन्वय अभिवृद्धि गर्ने विषयमा छलफल भएको छ ।

    images
    images

    राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा र गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारीबीच भएको भेटमा राससले पोखरामा निर्माण गर्ने ‘गण्डकी आमसञ्चार विकास तथा अनुसन्धान केन्द्र’का लागि प्रदेश सरकारका तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने विषयमा छलफल भएको हो ।

    सो क्रममा अध्यक्ष झाले राससले आफ्नो सेवा विस्तारसँगै प्रेदश सरकार र स्थानीय तहसँग सहकार्यको नीति लिएको बताउनुभयो । उहाँले ‘गण्डकी आमसञ्चार विकास तथा अनुसन्धान केन्द्र’ निर्माणका लागि पहल अगाडि बढाएको बताउनुभयो । अध्यक्ष झाले उक्त प्रस्तावमा गण्डकी प्रदेश सरकारले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । 

    images
    images

    प्रेस रजिष्ट्रार भण्डारीले प्रदेशस्तरमा रासससँग सहकार्य गर्न आफूहरू तयार रहेको बताउनुभयो । उहाँले प्रेस रजिष्ट्रार कार्यालयका योजना र कार्यक्रमबारे जानकारी गराउनुभएको थियो । सत्यतथ्य, आधिकारिक र विश्वसनीय समाचारमार्फत आमनागरिकलाई सुसूचित गराउँदै आएको मुलुकको एकमात्र समाचार समिति रासससँग प्रेदश सरकारले सहकार्य र समन्वय गर्ने उहाँको भनाइ थियो ।

    पोखरा महानगरपालिका–९ नयाँबजारस्थित राससको गण्डकी प्रदेश कार्यालय रहेको स्थानमा आमसञ्चार विकास तथा अनुसन्धान केन्द्र निर्माण गर्न आर्थिकलगायत आवश्यक सहयोगका लागि प्रदेश सरकारसँग प्रस्ताव अगाडि बढाइएको छ ।

    राससको आफ्नै जमिनमा उक्त केन्द्र निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर०समेत तयार भइसकेको छ । करिब तीन रोपनी क्षेत्रफलको सो स्थानमा भूमिगत पार्किङसहितको व्यावसायिक भवन बनाउने राससको योजना छ । ‘गण्डकी आमसञ्चार विकास तथा अनुसन्धान केन्द्र’ रहने उक्त भवनमा सुविधासम्पन्न कार्यालय, सभाकक्ष, रेडियो, टेलिभिजन स्टुडियो, खाजाघर, भोजनालयलगायतका संरचना बन्ने जनाइएको छ ।

    प्रदेश सरकारसँगको साझेदारीमा बन्ने उक्त केन्द्रमार्फत नागरिकको सूचनाको हक सुनिश्चित गर्न, सङ्घ, प्रदेश र स्थानीय तहका निर्णय सहज रूपमा प्राप्त गर्न, डिजिटल प्रविधिमा आधारित पत्रकारिताको विकास र पत्रकारको दक्षता अभिवृद्धिमा टेवा पुग्ने विश्वास गरिएको छ । प्रदेशस्तरमा डिजिटल साक्षरता र पारदर्शी प्रशासनलाई सुशासन कायम गर्नमा सहयोग पुर्याउने अपेक्षा लिइएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend