images

२०८३ आश्विन १७ गते

images
images
images
  • पूर्वाधार
  • नागढुंगा सुरुङमार्ग सञ्चालनका लागि ७ विदेशी...

नागढुंगा सुरुङमार्ग सञ्चालनका लागि ७ विदेशी कम्पनी ‘सर्टलिष्ट’, जेठबाट व्यावसायिक सञ्चालनको तयारी

नागढुंगा सुरुङमार्ग सञ्चालनका लागि ७ विदेशी कम्पनी ‘सर्टलिष्ट’, जेठबाट व्यावसायिक सञ्चालनको तयारी

images
images
आइतवार, फाल्गुण २४ २०८२
आइतवार, फाल्गुण २४ २०८२
  • काठमाडौँ, २४ फागुन २०८२ । काठमाडौँ उपत्यकाको प्रमुख प्रवेशद्वारमा निर्माण भइरहेको नागढुंगा सुरुङमार्ग सञ्चालन तथा व्यवस्थापनका लागि टेन्डर दिएका अन्तर्राष्ट्रिय कम्पनीमध्ये ७ वटा कम्पनी प्राविधिक रूपमा ‘सर्टलिष्ट’मा परेका छन्। तीमध्ये ६ वटा चिनियाँ र एउटा भारतीय कम्पनी रहेको जानकारी आयोजनाले दिएको छ।

    images
    images

    सडक विभाग ले सुरुङमार्ग सञ्चालन तथा व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय सेवा प्रदायक कम्पनी छनोट गर्ने प्रक्रिया अघि बढाएको हो। नागढुंगा सुरुङमार्ग आयोजनाका उपसचिव सञ्जय पन्थीका अनुसार प्राविधिक मूल्याङ्कनपछि सात कम्पनीलाई सर्टलिष्ट गरिएको छ र अन्तिम छनोट चैत १ गते गर्ने कार्यतालिका बनाइएको छ।

    उनका अनुसार अन्तिम रूपमा छनोट हुने विदेशी कम्पनीले नेपाली कम्पनीसँग साझेदारीमा काम गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ। यसअघि ६ चिनियाँ, तीन भारतीय र एक टर्किस कम्पनीले आवेदन दिएका थिए, तर टर्किस कम्पनी प्राविधिक छनोटमै बाहिरिएको थियो।

    images
    images

    निर्माण सकिए पनि सञ्चालन ढिलाइ सुरुङमार्गको निर्माण कार्य ९८ प्रतिशतभन्दा बढी पूरा भइसके पनि सञ्चालन प्रक्रिया ढिलाइका कारण अझै व्यावसायिक रूपमा खुल्न सकेको छैन। आयोजनाका अनुसार करिब डेढ महिनाअघि नै निर्माण कार्य लगभग सम्पन्न भएको थियो।

    भौतिक संरचनाको काम ९० प्रतिशतभन्दा बढी पूरा भएपछि सामान्यतः सम्पन्न मानिने भए पनि सेवा प्रदायक कम्पनी छनोट, कानुनी प्रक्रिया र व्यवस्थापन मोडेल निर्धारणमा समय लाग्दा सञ्चालन ढिलाइ भएको हो।

    जाइकाको शर्तले पनि अन्योल स्रोतका अनुसार परियोजनामा ऋण सहयोग दिएको जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९व्क्ष्ऋब्० ले सुरुङमार्ग सञ्चालन गर्ने कम्पनी चिनियाँ नहुने शर्त राखेको थियो। यही कारण केही समय सेवा प्रदायक छनोट प्रक्रिया अन्योलमा परेको बताइएको छ।

    तर सडक विभागका अधिकारीहरूका अनुसार नेपालका कानुन र प्रक्रिया अनुसार नै कम्पनी छनोट गरिने भएकाले प्राविधिक मूल्याङ्कनमा योग्य देखिएका कम्पनीलाई सूचीमा राखिएको हो।

    नेपालका लागि पहिलो अनुभव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीका अनुसार नेपालमा सुरुङमार्ग सञ्चालनको अनुभव पहिलो भएकाले व्यवस्थापन मोडेल तयार गर्न समय लागेको हो।

    सुरुङमार्ग सञ्चालनका लागि कम्तीमा १२० जना स्थायी कर्मचारी आवश्यक पर्ने देखिएको छ। सडक विभागको हालको कर्मचारी संरचनाले यस्तो व्यवस्था सम्भव नभएकाले सेवा प्रदायक कम्पनीमार्फत सञ्चालन गर्ने निर्णय गरिएको हो।

    जेठदेखि सञ्चालन गर्ने तयारी प्राविधिक रूपमा छनोट भएको कम्पनीलाई चैत १ पछि औपचारिक जिम्मेवारी दिन कम्तीमा एक महिना लाग्ने भएकाले आगामी जेठ महिनादेखि सुरुङमार्गलाई व्यावसायिक रूपमा सञ्चालन गर्ने तयारी गरिएको उपसचिव पन्थीले बताए।

    जाम घट्ने र दूरी छोटिने सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौँ भित्रिने र बाहिरिने सवारी साधनले नागढुंगा क्षेत्रमा घण्टौँ बस्नुपर्ने जामको समस्या घट्ने अपेक्षा गरिएको छ।

    हाल बलम्बु देखि सिस्नेखोला सम्मको दूरी ७.५ किलोमिटर रहेकोमा सुरुङमार्ग सञ्चालन भएपछि यो दूरी करिब ५ किलोमिटरमा सीमित हुनेछ।

    सुरुङमार्ग प्रयोग शुल्क मन्त्रिपरिषद्बाट स्वीकृत निर्देशिकाअनुसार सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनबाट ५० रुपैयाँदेखि ५०० रुपैयाँसम्म शुल्क लिने प्रस्ताव गरिएको छ।

    साना चारपांग्रे सवारीः करिब ५० रुपैयाँ, बसः करिब २०० रुपैयाँ, ठूला ट्रकः करिब ५०० रुपैयाँ

    मोटरसाइकल र पेट्रोलियमजस्ता प्रज्वलनशील पदार्थ बोकेका सवारीलाई भने सुरुङमार्ग प्रयोग गर्न अनुमति नदिने व्यवस्था गरिएको छ।

    सुरुङमार्ग सञ्चालन गर्ने कम्पनीले नै सुरुङभित्र अक्सिजन, अग्नि नियन्त्रण, सुरक्षा, सञ्चार तथा विद्युत् व्यवस्थापन जस्ता सुविधा उपलब्ध गराउनु पर्नेछ।

    सरकारी अधिकारीका अनुसार नागढुंगा सुरुङमार्गबाट प्राप्त अनुभवले आगामी दिनमा बन्ने अन्य सुरुङमार्गहरूको सञ्चालन व्यवस्थापन प्रक्रिया अझ सहज हुने अपेक्षा गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend