images

२०८३ कार्तिक ५ गते

images
images
images
  • समाचार
  • बैंकिङ प्रणालीबाट ५० अर्ब खिच्दै ...

बैंकिङ प्रणालीबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक

images
images
बुधवार, आश्विन १६ २०८१
बुधवार, आश्विन १६ २०८१
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ ।बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि निरन्तर तरलता खिचिरहेको केन्द्रीय बैंकले बुधबार निक्षेप संकलन उपकरण बोलकबोल मार्फत थप ५० अर्ब खिच्ने भएको हो ।

    images
    images

    सात दिनका लागि बोलकबोल हुने निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज २३ असोजमा भुक्तानी हुनेछ ।स्थायी निक्षेप सुविधा नियमित उपलब्ध गराएको केन्द्रीय बैंकले ब्याजदर करिडोरको प्रभावकारी कार्यान्वयका लागि निक्षेप संकलन उपकरण समेत बोलकबोल गरिरहेको छ ।

    चालु आर्थिक वर्षको मौद्रिक नीतिमा केन्द्रीय बैंकले ब्याजदर करिडोरको तल्लो सीमाका रूपमा रहेको निक्षेप संकलन दर ३ प्रतिशत तोकेको छ । सोही दरमा केन्द्रीय बैंकले स्थायी निक्षेप सुविधा पनि उपलब्ध गराउँदै आएको छ ।उक्त सुविधाले पनि अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल झर्दा केन्द्रीय बैंकले निक्षेप संकलन बोलकबोल मार्फत तरलता खिच्दै आएको छ ।

    images
    images

    १५ असोजमा केन्द्रीय बैंकमा बैंकहरूले राखेको तरलता बक्यौता २ खर्ब ७२ अर्ब छ । जसमध्ये २ खर्ब १० अर्ब ९३ करोड निक्षेप संकलन बोलकबोल मार्फत र ६१ अर्ब ५ करोड स्थायी निक्षेप सुविधा प्रयोग गरेका छन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend