images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्च अदालतको...

दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्च अदालतको आदेश

दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्च अदालतको आदेश

images
images
बुधवार, फाल्गुण १३ २०८२
बुधवार, फाल्गुण १३ २०८२
  • काठमाडौं । सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ।

    images
    images

    मंगलबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले प्रसाईंलाई छाड्न आदेश दिएको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए।

    प्रसाईंलाई गत फागुन ४ गते भक्तपुरबाट प्रहरीले पक्राउ गरेको थियो। यसअघि माघ २३ गते पनि उनी पक्राउ परेका थिए तर हाजिर जमानीमा रिहा भएका थिए। त्यसबेला निर्वाचन सम्बन्धी दिएको अभिव्यक्तिलाई आधार बनाएर प्रहरीको साइबर ब्यूरोले अनुसन्धान गरी बयान लिएपछि उनलाई छाडिएको थियो।

    images
    images

    फागुन २१ मा हुन लागेको निर्वाचन विथोल्ने अभियान सुरु गर्ने आशंकामा प्रहरीले प्रसाईंलाई पटक–पटक पक्राउ गर्दै आएको थियो। माघ ५ गते पोखराबाट पनि पक्राउ परेका प्रसाईंलाई बयानपछि रिहा गरिएको थियो।

    यस घटनाले राजनीतिक वृत्तमा थप चर्चा उत्पन्न गरेको छ भने सर्वोच्च अदालतको आदेशपछि प्रसाईं कानुनी प्रक्रियाबाट मुक्त भएका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend