images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • नेपाल लाइफको नारी सुरक्षा योजना सार्वजनिक,...

नेपाल लाइफको नारी सुरक्षा योजना सार्वजनिक, गर्भावस्थाको जटिलतामा समेत विशेष सुविधा

नेपाल लाइफको नारी सुरक्षा योजना सार्वजनिक, गर्भावस्थाको जटिलतामा समेत विशेष सुविधा

images
images
मंगलवार, फाल्गुण ५ २०८२
मंगलवार, फाल्गुण ५ २०८२
  • काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नारी दिवसको अवसर पारेर नेपाली बीमा बजारमा पहिलोपटक ‘नारी सुरक्षा जीवन बीमा योजना’ सार्वजनिक गरेको छ। ‘एकै योजना बहु-लाभ’ भन्ने नाराका साथ ल्याइएको यो योजना महिलाहरूको जीवन, स्वास्थ्य, बचत र आर्थिक सुरक्षालाई केन्द्रमा राखेर तयार पारिएको हो। यस योजनाको सबैभन्दा विशिष्ट पक्ष भनेको नेपाली बीमा क्षेत्रमै पहिलोपटक समावेश गरिएको गर्भावस्था स्याहार र गर्भावस्थाको जटिलता सम्बन्धी पूरक करार सुविधा हो। यस बीमा योजनाअन्तर्गत बीमित महिलाले हरेक वर्ष बीमालेखको वार्षिकोत्सवमा निश्चित नगद सुविधा प्राप्त गर्नेछन्।

    images
    images

    साथै, यसमा 'वृद्धिशील मृत्यु लाभ' को व्यवस्था गरिएको छ, जसअनुसार बीमितको मृत्यु भएमा प्रदान गरिने बीमाङ्क रकम हरेक ५ वर्षमा २५ प्रतिशतका दरले वृद्धि हुँदै जान्छ। १८ वर्षदेखि ६५ वर्षसम्मका महिलाहरू सहभागी हुन सक्ने यस योजनाले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर र सुरक्षित बनाउने लक्ष्य राखेको छ।विशेषगरी मातृत्वलाई ध्यानमा राख्दै कम्पनीले गर्भावस्थाको समयमा हुने ११ वटा गम्भीर जटिलताहरूमध्ये कुनै एक पुष्टि भएमा १ लाख रुपैयाँ एकमुष्ट उपलब्ध गराउनेछ। यसैगरी, गर्भावस्था स्याहार सुविधाअन्तर्गत गर्भवती भएको प्रमाणित भएपछि स्वास्थ्य सेवाका लागि थप १० हजार रुपैयाँ प्रदान गरिनेछ। न्यूनतम २ लाख ५० हजार रुपैयाँ बीमाङ्कबाट सुरु गर्न सकिने यो योजनामा दुर्घटना मृत्यु लाभ, पूर्ण अशक्तता सुविधा र बीमाशुल्क छुट जस्ता ऐच्छिक सुविधाहरू समेत उपलब्ध छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend