images

२०८३ कार्तिक ५ गते

images
images
images
  • समाचार
  • राष्ट्रिय वाणिज्य बैंकले गर्‍यो ‘प्रदेश...

राष्ट्रिय वाणिज्य बैंकले गर्‍यो ‘प्रदेश विशेष कृषि कर्जा’ कार्यक्रमको शुभारम्भ

राष्ट्रिय वाणिज्य बैंकले गर्‍यो ‘प्रदेश विशेष कृषि कर्जा’ कार्यक्रमको शुभारम्भ

images
images
सोमवार, आश्विन १४ २०८१
सोमवार, आश्विन १४ २०८१
  • काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ‘एक प्रदेश एक विशेष कार्यक्रम’ अन्र्तगत प्रदेश विशेष कृषि कर्जा प्रदान गर्ने प्रोडक्टको शुभारम्भ गरेको छ ।

    images
    images

    यस कार्यक्रम अन्र्तगत देशको सम्पूर्ण प्रदेशका कृषि क्षेत्रको विकासका लागि प्रदेशगत विशेष कृषि उपजहरुका आधारमा अधिकतम पाँच करोड रुपैंयासम्म प्रदान गरिने बैंकले जनाएको छ । कानूनी रुपमा फर्म वा कम्पनीमा दर्ता भई कषि व्यवसायमा आबद्ध १८ वर्षदेखि ६५ वर्ष उमेर सम्मका नेपाली नागरिकले कर्जाको लागि आवेदन दिन सक्नेछन् ।

    बैंकका अनुसार कोशी प्रदेशमा अलैंची, मधेश प्रदेशमा माछा, बाग्मती प्रदेशमा कुखुरा, गण्डकी प्रदेशमा फलफुल, लुम्बिनी प्रदेशमा पशुपालन, कर्णाली प्रदेशमा जडिबुटी र सुदूर पश्चिम प्रदेशमा केरा खेतीलाई विशेष कृषि उपज निर्धारण गरी बैंकले कृषि कर्जा निर्देशिका, २०६०९संशोधन सहित० अनुसार लगानी गरिने यो कर्जा अधिकतम १० वर्ष अवधिका लागि प्रदान गरिने छ ।

    images
    images

    आधार दरमा ०.५० प्रतिशत प्रिमियम जोडी ब्याजदर निर्धारण गरिने यो कर्जामा खुद व्यापारिक सम्पत्तिको अधिकतम ७० प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्ने छ । ग्राहकले सञ्चालन गर्ने कृषि परियोजना नै धितोको रुपमा रहने छ भने आवश्यकता अनुसार घर-जग्गा समेत धितो सुरक्षणको रुपमा स्वीकार गर्न सकिने छ । कर्जाको बीमा गरने छ । बैंकको देशैभर रहेका सम्पूर्ण शाखा कार्यालयहरुबाट प्रदेश विशेष कृषि कर्जा प्रदान गरिने बैंकले जनाएको छ ।

    राष्ट्रिय वाणिज्य बैंकका ७ वटै प्रदेशका ७७ जिल्लाका सदरमुकाम सहित देशैभर रहेका २०४ शाखा कार्यालय, ३१२ एटिएम, ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा, ७३ वटा एक्स्टेन्सन काउण्टर सञ्चालनमा रहेका छन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend