images

२०८३ कार्तिक ५ गते

images
images
images
  • समाचार
  • राष्ट्र बैंकले एकैपटक ५० अर्ब रुपैयाँ...

राष्ट्र बैंकले एकैपटक ५० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तान्दै

राष्ट्र बैंकले एकैपटक ५० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तान्दै

images
images
आइतवार, आश्विन १३ २०८१
आइतवार, आश्विन १३ २०८१
  • काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज फेरि बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्ने भएको छ। 

    images
    images

    अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज फेरि पैसा खिच्न लागेको हो । यसका लागि आज अपराह्न ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।

    निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

    images
    images

    निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।

    यो ७ दिने निक्षेप संकलन उपकरणको असोज २० गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend