images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • ५१औँ दिन मनाएको ‘झरी पछिको इन्द्रेणी’...

५१औँ दिन मनाएको ‘झरी पछिको इन्द्रेणी’ को कमाई १ करोड २९ लाख !

५१औँ दिन मनाएको ‘झरी पछिको इन्द्रेणी’ को कमाई १ करोड २९ लाख !

images
images
सोमवार, माघ २६ २०८२
सोमवार, माघ २६ २०८२
  • काठमाडौँ । प्रदर्शनको ५१औँ दिन मनाउन सफल भएको फिल्म हो ‘झरी पछिको इन्द्रेणी’ । शनिबार निर्माण युनिटले एक कार्यक्रम गर्दै फिल्मले केही हलमा ५१औं दिन मनाएको भन्दै खुसी आटेको थियो । कार्यक्रममा स्व.पत्रकार दिनेश सिटौलाको स्मृतिमा अक्षय कोष स्थापनामा समेत गरियो । कोषको सुरुवात १० लाख रुपैयाँबाट गरिएको छ ।५१औँ दिन मनाएको फिल्मको आम्दानी भने लाजमर्दो छ । फिल्मले अहिलेसम्म १ करोड २९ लाख ५५ हजार ११९ मात्र कमाएको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस रिपोर्टमा शनिबारसम्मको फिल्मको ग्रस कलेक्सन यति देखिएको हो । यो अवधिमा फिल्मको टिकट ४० हजार ८९९ वटा बिक्री भएको छ ।अर्जुन घिमिरे ‘पाँडे’ निर्देशित फिल्ममा सन्तानको अस्ट्रेलिया सपना, पारिवारिक प्रेम, बिछोड र सामाजिक सङ्घर्षको कथा छ । फिल्ममार्फत अभिनेता गणेश उप्रेतीले ९ वर्षपछि नेपाली रजतपटमा कमब्याक गरेका हुन् ।

    images
    images

    फिल्ममा गणेशका अलावा रमेश उप्रेती, दीपाश्री निरौला, प्रकाश घिमिरे, सरिता गिरी, निर्मल शर्मा, देशभक्त खनाल, अर्जुन घिमिरे, प्रियना आचार्य लगायतको अभिनय छ ।फिल्ममार्फत नवकलाकार विमोञ्चम दवाडी र जेसिका पोखरेल नेपाली रजतपटमा डेब्यु गरेका छन् । अनिसा सेन्दाङ लिम्बू निर्माता रहेको फिल्मको सह निर्मातामा अनु थापा, पङ्कज खड्का, राम कार्की, सृजना खड्का र सुवास शर्मा छन् । फिल्म पुस ४ गतेबाट देशभर प्रदर्शनमा आएको हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend