images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • सिटिजन लाइफको नाफामा सामान्य वृद्धि, प्रतिसेयर...

सिटिजन लाइफको नाफामा सामान्य वृद्धि, प्रतिसेयर आम्दानी घट्यो

सिटिजन लाइफको नाफामा सामान्य वृद्धि, प्रतिसेयर आम्दानी घट्यो

images
images
सोमवार, माघ २६ २०८२
सोमवार, माघ २६ २०८२
  • काठमाडौं- सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा सामान्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा सामान्य बढेको हो । गत आवको पुस मसान्तसम्म २३ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले त्यसको तुलनामा चालू आवको पुस मसान्तसम्म ०.२४ प्रतिशतको सामान्य वृद्धि सहित २३ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको वित्तीय विवरणले देखाएको छ । आम्दानीको एक मुख्य स्रोत खुद बीमाशुल्क आर्जन समीक्षा अवधिमा ३ अर्ब १८ करोड १६ लाख रुपैयाँबाट २२.२३ प्रतिशतले बढेर ३ अर्ब ८८ करोड ८७ लाख रुपैयाँ नाघेको छ । त्यस्तै कुल आम्दानी ४ अर्ब १८ करोड ९४ लाख रुपैयाँबाट १८.९५ प्रतिशतले बढेर ४ अर्ब ९८ करोड ३५ लाख रुपैयाँ पुग्दा कुल खर्च ३ अर्ब ९५ करोड ८५ लाख रुपैयाँबाट २० प्रतिशतले बढेर ४ अर्ब ७५ करोड २० लाख रुपैयाँ नाघेको छ ।

    images
    images

    त्यसैगरी समीक्षा अवधिमा कम्पनीले अभिकर्तालाई कमिशन बापत दिने रकम ३१ करोड ८५ लाख रुपैयाँबाट वृद्धि गरी ३८ करोड ६ लाख रुपैयाँ पुर्याएको छ भने कम्पनीका कर्मचारीलाई दिने कमिशन १७ करोड ९९ लाख रुपैयाँबाट वृद्धि गरी १८ करोड ८० लाख रुपैयाँ पुर्याएको छ । समीक्षा अवधिमा कम्पनीको जीवन बीमाकोषको आकार १६ अर्ब ८५ करोड २३ लाख रुपैयाँबाट बढेर २२ अर्ब ८१ करोड ७१ लाख रुपैयाँ पुगेको छ। प्रतिशेयर आम्दानी ११.७३ रुपैयाँबाट घटी ९.२६ रुपैयाँमा कायम हुँदा सोल्भेन्सी अनुपात ३.४२ प्रतिशतबाट घटेर १.७३ प्रतिशतमा झरेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १२६.५२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५१.१८ गुणा रहेको छ ।चुक्ता पुँजी ५ अर्ब रुपैयाँ रहेको कम्पनीको सेयर प्रिमियम ४५ करोड रुपैयाँ, महाविपत्ति कोषमा २५ करोड ३५ लाख रुपैयाँ र जगेडा कोषमा ३५ करोड ६५ लाख रुपैयाँ सञ्चित रहेको छ । २६ अर्ब रुपैयाँ लगानी गरेको यस कम्पनीको सम्पत्तिको कूल मूल्य २९ अर्ब ८८ करोड रुपैयाँभन्दा माथि रहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend