images

२०८३ आश्विन १८ गते

images
images
images
  • स्वास्थ्य
  • पौवादुङमाका ४७५ आँखा रोगीले गाउँघरमै पाए...

पौवादुङमाका ४७५ आँखा रोगीले गाउँघरमै पाए सेवा

पौवादुङमाका ४७५ आँखा रोगीले गाउँघरमै पाए सेवा

images
images
सोमवार, माघ २६ २०८२
सोमवार, माघ २६ २०८२
  • भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकामा सञ्चालन गरिएको आँखा शिविरबाट ४७५ जनाले गाउँघरमै सेवा पाएका छन् ।ग्रामीण तथा दुर्गम क्षेत्रमा रहेका आँखा रोगीको पहिचान गर्दै सहज र पहुँचयोग्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले सबै वडामा शिविर सञ्चालन गरेको हो ।आँखा जाँच तथा उपचारका लागि टाढा जानुपर्ने बाध्यता हटाउने उद्देश्यले शिविर आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

    images
    images

    शिविरमार्फत आँखाको प्रारम्भिक परीक्षण, परामर्श तथा आवश्यक उपचार सेवा प्रदान गरिएको थियो । आफ्नै गाउँमा आँखा सेवा लिन पाउँदा खुसी लागेको स्थानीयवासी जीतबहादुर भुजेलले बताए ।‘आँखा जाँच गरा’ उनले भने, ‘यहाँ नै शिविरमा सेवा पाउँदा निकै सहज भएको छ । हामी जस्तै धेरै नागरिक लाभान्वित भएका छौँ ।’नवदृष्टि आँखा अस्पताल प्रालि खाँदबारी–१, तुम्लिङटार तथा सगुन आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।दक्ष स्वास्थ्यकर्मीमार्फत स्थानीय बासिन्दालाई घरनजिकै गुणस्तरीय आँखा स्वास्थ्य सेवा प्रदान गरिएको जनाइएको छ ।

    गाउँपालिका अध्यक्ष किरण राईले गाउँघरमा रहेका आँखा रोगीको पहिचान गरी समयमै उपचार सुनिश्चित गर्ने उद्देश्यले शिविर आयोजना गरिएको बताए ।‘गाउँस्तरसम्म सहज रूपमा आँखा स्वास्थ्य सेवा विस्तार गर्दै रोगीको पहिचान र उपचार गर्न शिविरमार्फत सेवा प्रवाह गरेका हौँ,’ उनले भने, ‘सबै वडामा शिविर सञ्चालन गरी नागरिकलाई घरनजिकै सेवा प्रदान गरिएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend