images

२०८३ कार्तिक ५ गते

images
images
images
  • समाचार
  • एनआईसी एशिया ग्रोथ फण्डको नाफा १२...

एनआईसी एशिया ग्रोथ फण्डको नाफा १२ करोड माथि

एनआईसी एशिया ग्रोथ फण्डको नाफा १२ करोड माथि

images
images
आइतवार, आश्विन १३ २०८१
आइतवार, आश्विन १३ २०८१
  • काठमाडौं ।  एनआईसी एशिया क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित एनआईसी एशिया ग्रोथ फण्डले १२ करोड ४३ लाख रुपैयाँभन्दा बढी नाफा कमाएको छ । साउन मसान्तसम्मको तुलनामा भदौमा योजनाको नाफा घटेको हो । 

    images
    images

    साउन मसान्तसम्म योजनाले २२ करोड ७६ लाख रुपैयाँभन्दा बढी नाफा गरेको थियो । साउन मसान्तसम्म योजनाले २२ करोड ९८ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको योजनाले भदौ मसान्तसम्म १२ करोड ८१ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको हो । आम्दानी घटेको र खर्च कम भएको कारण योजनाको नाफामा असर परेको हो । साउन मसान्तसम्म २१ लाख ९७ हजार रुपैयाँभन्दा बढी खर्च गरेको योजनाले भदौ मसान्तसम्म ३७ लाख ५२ हजार रुपैयाँभन्दा बढी खर्च गरेको हो ।

    योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य साउनको तुलनामा भदौमा घटेको छ । साउनमा १३ रुपैयाँ ६९ पैसा रहेको योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य भदौमा भने ११ रुपैयाँ ५० पैसा कायम भएको हो । सात वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले ८ करोड ३५ लाख २० हजार इकाई जारी गरेको थियो ।  धितोपत्र बजारमा लगानी गर्ने प्रमुख उद्देश्यसहित सञ्चालित यस योजनाले भदौ मसान्तसम्म धितोपत्रमा गरेको लगानीको परलमूल्य ६० करोड २० लाख ५७ हजार रुपैयाँभन्दा बढी छ । योजनाले धितोपत्रमा गरेको लगानीको बजारमूल्य भने लगानीमूल्यभन्दा बढी देखिन्छ । 

    images
    images

    बैंक मुद्धती निक्षेपमा १२ करोड ५० लाख लगानी गरेको योजनाको धितोपत्रमा भएको लगानीको बजारमूल्य भने ७२ करोड ३४ लाख ७० हजार रुपैयाँभन्दा बढी कायम छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend