images

२०८३ आश्विन १७ गते

images
images
images
  • अर्थतन्त्र
  • कालिन्चोक केबलकारको व्यापार घट्यो, ३५ करोड...

कालिन्चोक केबलकारको व्यापार घट्यो, ३५ करोड लगानीमा होटल बनाउने

कालिन्चोक केबलकारको व्यापार घट्यो, ३५ करोड लगानीमा होटल बनाउने

images
images
आइतवार, माघ २५ २०८२
आइतवार, माघ २५ २०८२
  • काठमाडौं । कालिन्चोक दर्शनको व्यापार ७ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा ७ प्रतिशतले घटेको हो ।कम्पनीले सन् २०२४ मा ८ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२५ मा ७ करोड ९० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा ७ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीका अनुसार गत आवमा व्यापार घट्नुको मुख्य कारण हावाहुरी रहेको छ । गत आवमा हावाहुरीका कारण पर्यटकको आगमनमा कमी आउँदा व्यापार घटेको उल्लेख गरिएको छ ।गत आवमा १ लाख ५३ हजार ७ सय ९७ जना पर्यटकको आगमन भएको कम्पनीले जनाएको छ । कम्पनीले गत आवमा ६५.४८ प्रतिशत नाफा कमाएको छ । त्यस्तै, कम्पनीले चालु आवमा व्यापार बढ्ने अनुमान गरेको छ । कम्पनीले चालु आवको ६ महिनाको अवधिमा गत आवको सोही अवधिको तुलनामा २१ प्रतिशतले बढी व्यापार गरेको छ ।

    images
    images

    गत आवमा कम्पनीले ६ महिनाको अवधिमा ३ करोड १० लाख रुपैयाँ आम्दानी गरेको थियो । चालु आवको सोही अवधिमा कम्पनीले ३ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ । साथै, गत आव ५९ हजार ६ सय ४६ जना पर्यटकको आगमन भएको थियो । चालु आवमा ७१ हजार ९ सय ८५ जना पर्यटकले भ्रमण गरेको कम्पनीको भनाइ छ ।सन् २०१५ मा स्थापना भएको कम्पनीले दोलखाको कालिन्चोकमा केबलकारको सेवा दिँदै आएको छ । कम्पनीले एक किलोमिटर दुरीको केबलकारको सुविधा दिँदै आएको हो । केबलकारमा ४ वटा गोन्डोला छन् । जसमा कम्पनीले सोही ४ वटा गोन्डोलाबाट कुरी भ्यालीदेखि कालिन्चोक मन्दिरसम्मको सेवा दिँदै आएको छ । केबलकारले प्रतिघण्टा १ सय ९२ जना यात्रुलाई सेवा दिन सक्ने क्षमताको छ ।

    बालकृष्ण शिवाकोटी अध्यक्ष रहेको कम्पनीले केबलकारसँगै होटलको सेवा दिने उद्देश्यसहित होटल निर्माणको योजना अघि बढाएको छ । कम्पनीले ३५ करोड रुपैयाँ लगानीमा ३० वटा कोठाको सुविधाका साथ होटल निर्माण कार्य अगाडि बढाएको हो । हाल होटल निर्माणको कार्य योजनाको क्रममै छ ।कम्पनीले होटल निर्माणका लागि १ः१ को अनुपातमा राइट सेयर जारी गरी इक्विटीमार्फत लगानी गर्ने योजना बनाएको छ । गत आवको अन्त्यसम्ममा कम्पनीको ६३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको थियो । जुन बोनस सेयर जारी गरिएका कारण ६० करोड रुपैयाँबाट वृद्धि भएको हो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend