images

२०८३ आश्विन १७ गते

images
images
images
  • अर्थतन्त्र
  • हल्दिरामको स्न्याक्स बेच्ने कम्पनीले एकै वर्ष...

हल्दिरामको स्न्याक्स बेच्ने कम्पनीले एकै वर्ष गर्‍यो करिब १ अर्बको कारोबार

हल्दिरामको स्न्याक्स बेच्ने कम्पनीले एकै वर्ष गर्‍यो करिब १ अर्बको कारोबार

images
images
शुक्रवार, माघ २३ २०८२
शुक्रवार, माघ २३ २०८२
  • काठमाडौं । हल्दिराम ब्रान्डको स्न्याक्स बेच्ने विश्वनाथ ट्रेड हाउसले गत आर्थिक वर्षमा करिब एक अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आवमा ९५ करोड ६० लाख रुपैयाँको व्यापार गरेको हो ।कम्पनीले सन् २०२४ मा ९२ करोड १० लाख रुपैयाँ र सन् २०२३ मा ९१ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो ।न् २०१३ मा स्थापना भएको कम्पनीले फास्ट मुभिङ कन्जुमर गुड्स आयात गरी नेपालमा व्यापार गर्दै आएको छ ।

    images
    images

    डीभी ग्रुपद्वारा सञ्चालित कम्पनीको व्यापार हरेक वर्ष ४ प्रतिशतले बढेको छ । कम्पनीले गत आवमा ७.५२ प्रतिशत नाफा कमाएको छ । सन् २०२४ मा ६.८८ प्रतिशत नाफा कमाएको थियो ।विश्वनाथप्रसाद शाहको लगानी रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ६३ करोड ६२ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ३३ करोड ६२ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ३० करोड रुपैयाँको रेटिङ गराएको हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend