images

२०८३ आश्विन १८ गते

images
images
images
  • स्वास्थ्य
  • हामीले बिहानै पिउने तातोपानीमा के मिसाउनु...

हामीले बिहानै पिउने तातोपानीमा के मिसाउनु सबैभन्दा राम्रो ?

हामीले बिहानै पिउने तातोपानीमा के मिसाउनु सबैभन्दा राम्रो ?

images
images
शुक्रवार, माघ २३ २०८२
शुक्रवार, माघ २३ २०८२
  • हामी बिहान उठेर जे खाने गर्छौं त्यसले पूरा दिनको स्वास्थ्य कस्तो हुन्छ भन्ने निर्धारण गर्छ । शरीरलाई फाइदाका लागि बिहान सबेरै उठेर खानुपर्ने केही कुराबारे आयुर्वेदले सुझाव दिएको छ । त्यो मध्ये एक हो– तातोपानी । बिहानै खाली पेटमा हल्का तातो अर्थात मनतातो पानी पिउँदा यसले हाम्रो शरीरलाई अनेकौँ फाइदा गर्ने आयुर्वेद विज्ञानले बताएको छ ।हुन त तातोपानी मात्रै सेवन गर्नु पनि स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ । यद्यपि यसमा कुनै कुरा मिसाएर पिउन पनि सकिन्छ । के मिसाउने भन्ने चाहिँ उपलब्धता, आफ्नो स्वास्थ्य अवस्था र आवश्यकता, मौसम आदिको आधारमा छनोट गर्न सकिन्छ ।बिहानै पिउने तातोपानीमा के मिसाउनु सबैभन्दा उत्तम हुन्छ ?

    images
    images

    कागती र मह

    धेरैले बिहान तातोपानीमा कागती र मह मिसाएर पिइरहेका हुन्छन् । यदि बिहान मनतातो पानीमा कागती र मह मिसाएर पिइयो भने यसले शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ । तौल घटाउन समेत सहयोगी हुने आयुर्वेदमा उल्लेख छ ।

    images
    images

    यसमा ध्यान दिनुपर्ने कुरा के भने यदि जंगली माहुरीको मह भएमा बढी तातोपानीमा मिसाउनु हुँदैन, त्यो विषाक्त बन्न सक्छ । मह शुद्ध छैन र त्यसमा चिनीको मिश्रण छ भने त्यसले शरीरलाई फाइदा पुर्‍याउनुको सट्टा हानि गर्न सक्छ । झन तौल बढाउन यसको भूमिका रहन्छ ।

    मनतातो पानीमा थोरै मात्रामा कागती मात्रै राखेर सेवन गर्नु राम्रो हुन्छ । एसिडिटीको समस्या भएका व्यक्तिलाई भने खोली पेटमा कागतीपानी पिउनु राम्रो हुँदैन ।

    जिरा

    तातोपानीमा जिरा मिसाएर खानु स्वास्थ्यका लागि लाभदायक हो । बिहान तत्कालै मिसाउने भन्दा पनि जिराका दानालाई बेलुका पानीमा भिजाएर राख्ने र बिहानै त्यो पानीलाई उमालेर खान सकिन्छ । जिरापानीले चिसोबाट बचाउन समेत मद्दत गर्छ ।

    अदुवा

    बिहानै तातोपानीमा अदुवाको टुक्रा कुच्याएर हालेर खानु पनि राम्रो हो । यसले शरीरलाई एन्टी–इन्फ्लेमेटरी गुण प्रदान गर्दछ । जोर्नी दुख्ने समस्या भएकालाई यो बढी लाभदायक हुन्छ ।

    मेथी

    बिहानै पिउने तातोपानीमा मेथीको दाना मिसाएर खाँदा यसले शरीरमा सुगरको मात्रा नियन्त्रण गर्छ । मधुमेहको समस्या भएका व्यक्तिका लागि यो राम्रो हुन्छ । मेथीलाई अघिल्लो रातमै पानीमा भिजाएर राख्ने र बिहान तातोपानीमा मिसाएर खान सकिन्छ ।

    दालचिनी

    तोतोपानीमा दालचिनीको टुक्रा मिसाएर खाँदा यसले मुटु स्वास्थ्यलाई राम्रो बनाउँछ । साथै चिसोबाट हुने रुघाखोकी जस्ता समस्यामा पनि दालचिनी र तातोपानीले फाइदा पुर्‍याउँछ ।

    तातोपानी मात्रै पिउँदा पनि हुन्छ

    यो जरुरी छैन कि हामीले बिहानै तातोपानीमा कुनै कुरा मिसाएर खानुपर्छ ।तातोपानी मात्रै पिउँदा पनि यसले हाम्रो स्वास्थ्यमा धेरै फाइदा पुर्‍याइरहेको हुन्छ ।

    १.शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत पुर्‍याउँछ ।

    २.मेटाबोलिज्म बढ्छ । राम्रो मेटाबोलिज्मले पाचन प्रक्रिया राम्रो बनाउँछ । यसले हाम्रो शरीरको पोषण तथा शरीरको तौल सही कायम राख्ने जस्ता कुरालाई सहज बनाउँछ ।

    ३.पाचन प्रक्रियालाई सहज बनाई कब्जियत, एसिडिटी तथा ग्यास्ट्राइटिस जस्ता समस्यालाई कम गर्छ ।

    ४.शरीरमा रक्तसञ्चारलाई राम्रो बनाउँछ । रक्तसञ्चार राम्रो हुँदा शरीरका सबै भागमा अक्सिजनको आपूर्ति राम्रो हुन्छ । जसले हाम्रो शरीर स्वस्थ रहनका लागि ठूलो भूमिका खेलेको हुन्छ ।

    ५.घाँटी खसखसाउने, दुख्ने तथा घाँटीका संक्रमणलाई रोक्नलाई मद्दत गर्छ । स्वरयन्त्रलाई सफा गर्न पनि सहयोग मिल्छ ।

    ६.रुघाखोकी, फ्लू जस्ता चिसोका कारण देखिने स्वास्थ्य समस्या कम गर्न पनि बिहानै पिइने तातोपानीले मद्दत गर्छ ।

    ७.मनतातो पानीले छालालाई चम्किलो बनाउने पनि आयुर्वेदले बताएको छ । कपालका जरा सक्रिय हुने र यसले गर्दा कपालमा प्राकृतिक चमक आउने दावी पनि गरिएको छ।

    ८.शरीरमा जम्मा भएका अनावश्यक बोसो पगाल्न तातोपानी प्रभावकारी साबित बताइएको छ । खाली पेटमा तातोपानी पिउँदा अरू समय भन्दा बढी बोसो टुक्रिन्छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend