images

२०८३ आश्विन १७ गते

images
images
images
  • अर्थतन्त्र
  • दुईपाङ्ग्रे सवारी आयातमा उछाल, विद्युतीय मोटरसाइकलले...

दुईपाङ्ग्रे सवारी आयातमा उछाल, विद्युतीय मोटरसाइकलले तान्यो बजार

दुईपाङ्ग्रे सवारी आयातमा उछाल, विद्युतीय मोटरसाइकलले तान्यो बजार

images
images
बिहिवार, माघ २२ २०८२
बिहिवार, माघ २२ २०८२
  • पर्सा- चालु आर्थिक वर्षको पहिलो छ महिनामा वीरगञ्ज भन्सार नाका हुँदै दुईपाङ्ग्रे सवारीसाधनको आयात उल्लेखनीय रूपमा बढेको छ। यस अवधिमा रु चार अर्ब ५६ करोड बराबरका ३२ हजार ३३१ वटा अनएसेम्बल्ड मोटरसाइकल आयात हुँदा राज्यकोषमा रु चार अर्ब ४३ करोड राजस्व संकलन भएको छ।

    images
    images

    वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा रु तीन अर्ब ३८ करोड बराबरका २५ हजार ८५७ वटा अनएसेम्बल्ड मोटरसाइकल मात्र आयात भएका थिए। यसपटक संख्या र मूल्य दुवैमा उल्लेख्य वृद्धि देखिएको हो।

    त्यस्तै, चालु आवको पहिलो छ महिनामा रु ४५ करोड ८१ लाख बराबरका चार हजार ५६७ वटा मोटरसाइकल आयात भएका छन्। अघिल्लो आवको सोही अवधिमा भने रु २० करोड ७६ लाख बराबरका दुई हजार १९२ वटा मोटरसाइकल आयात भएको थियो।यसैबीच, विद्युतीय मोटरसाइकलप्रति उपभोक्ताको आकर्षण तीव्र बन्दै गएको देखिएको छ।

    images
    images

    चालु आवको पहिलो छ महिनामा रु ५८ करोड १८ लाख बराबरका चार हजार ५९४ वटा विद्युतीय मोटरसाइकल आयात भएका छन्, जबकि गत आवको सोही अवधिमा रु ३० करोड ९६ लाख बराबरका दुई हजार २१८ वटा मात्रै आयात भएका थिए।भन्सार स्रोतका अनुसार पेट्रोलियम पदार्थको मूल्य, वातावरणमैत्री सवारीप्रतिको चासो र सहरी क्षेत्रमा बढ्दो प्रयोगले दुईपाङ्ग्रे, विशेषतः विद्युतीय मोटरसाइकलको आयात बढाएको हो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend