images

२०८३ आश्विन १७ गते

images
images
images
  • अर्थतन्त्र
  • केडिया अर्गनाइजेशन र रिलायन्स ग्रुपको लगानी...

केडिया अर्गनाइजेशन र रिलायन्स ग्रुपको लगानी रहेको कम्पनीले गरे पौने २ अर्बको व्यापार

केडिया अर्गनाइजेशन र रिलायन्स ग्रुपको लगानी रहेको कम्पनीले गरे पौने २ अर्बको व्यापार

images
images
बिहिवार, माघ २२ २०८२
बिहिवार, माघ २२ २०८२
  • काठमाडौं । केडिया अर्गनाइजेशन र द रिलायन्स ग्रुपको संयुक्त लगानी रहेको दुई कम्पनीले एक वर्षमा पौने २ अर्ब रुपैयाँको कारोबार गरेका छन् ।गत आर्थिक वर्षमा यति पोलिकेम र यति कार्पेट कम्पनीले १ अर्ब ७८ करोड १० लाख रुपैयाँको कारोबार गरेको हो ।गत आवमा यति पोलिकेम कम्पनीले १ अर्ब १३ करोड ८० लाख रुपैयाँ र यति कार्पेटले ६४ करोड ३० लाख रुपैयाँको कारोबार हो । सन् २०२४ मा १ अर्ब ३४ करोड ५० लाख रुपैयाँको कारोबार गरेको यति पोलिकेम कम्पनीले सन् २०२३ मा १ अर्ब २२ करोड ४० लाख, सन् २०२२ मा १ अर्ब ४९ करोड १० लाख र सन् २०२१ मा १ अर्ब २१ करोड ५० लाखको व्यापार गरेको थियो ।

    images
    images

    कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा १५ प्रतिशतले घटेको छ ।सन् २०११ मा स्थापना भएको कम्पनीले पीभीसी कार्पेट उत्पादन गर्दै आएको छ । केडिया अर्गनाइजेशन र द रिलायन्स ग्रुपको बराबर हिस्सा रहेको कम्पनीले पीभीसी कार्पेट, पीभीसी कोयल म्याट, रेक्जिन कोटेड फ्याब्रिक र लक्जिरी भिनाइल टायल उत्पादन गरी कारोबार गर्दै आएको छ । कम्पनीले लक्जरी भिनायल टाल हालै मात्रै सार्वजनिक गरेको नयाँ सामग्री हो ।कम्पनीले उक्त सामग्री उत्पादनका लागि आवश्यक कच्चा पदार्थ भारत र अन्य देशबाट आयात गर्दै आएको छ । कम्पनीले सो सामग्री उत्पादनका लागि हेटौंडामा छुट्टै उद्योग रहेको छ । जुन हेटौंडा औद्योगिक जिल्लामा रहेको छ ।कम्पनीले वार्षिक १४ हजार ४ सय टन पीभीसी कार्पेट, ३ हजार ६ सय मेट्रिक टन रेक्जिन कोटेड फ्याब्रिक, ४ हजार मेट्रिक टन कोयल म्याट र ४ हजार मेट्रिक टन नयाँ सर्वाजनिक गरेको एलभीटी उत्पादन क्षमता छ ।

    कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ९२ करोड १० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ३४ करोड १० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५८ करोड रुपैयाँको रेटिङ गराएको हो ।त्यस्तै, यति कार्पेटले सन् २०२४ मा ५६ करोड ७० लाख रुपैयाँ, सन् २०२३ मा ४५ करोड ८० लाख रुपैयाँ, सन् २०२२ मा ३० करोड ४० लाख रुपैयाँ र सन् २०२१ मा १९ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीका व्यापार हरेक वर्ष बढ्दै गएको देखिन्छ । गत आवमा कम्पनीको व्यापार १३ प्रतिशतले बढेको छ ।सन् २०१८ मा स्थापना भएको कम्पनीले नन–ओभन, टफ्टेड एन्ड ग्रास कार्पेट उत्पादन गर्दै आएको छ । कम्पनीले उत्पादन गरेको कार्पेट यति ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ ।कम्पनीले विभिन्न देशबाट कच्चा पदार्थ आयात गरी कार्पेट उत्पादन गर्दै आएको छ । अनिलकुमार केडियाको २५ प्रतिशत, आयुष केडियाको १५ प्रतिशत, नरेन्द्रकुमार अग्रवालको १३ प्रतिशत र लोकेश तोडीको १३ प्रतिशत स्वामित्व छ ।कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ३२ करोड ९० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २८ करोड रुपैयाँको रेटिङ गराएको हो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend