images

२०८३ आश्विन १७ गते

images
images
images
  • शिक्षा
  • जातीय विभेद गर्दा अदालतले सुनायो प्रधानाध्यापकलाई...

जातीय विभेद गर्दा अदालतले सुनायो प्रधानाध्यापकलाई ९ महिनाको कैद सजाय

जातीय विभेद गर्दा अदालतले सुनायो प्रधानाध्यापकलाई ९ महिनाको कैद सजाय

images
images
मंगलवार, माघ २० २०८२
मंगलवार, माघ २० २०८२
  • झापा, २० माघ । तेह्रथुमको अठराई गाउँपालिका–७ स्थित नाम्जाङ आधारभूत विद्यालयकी प्रधानाध्यापक तारादेवी खतिवडालाई २२ वर्षीया शिक्षिका एलिसा विश्वकर्मा माथि जातीय विभेद गरेको आरोपमा ९ महिनाको कैद, ७५ हजार रुपैयाँ जरिवाना र ५० हजार रुपैयाँ क्षतिपूर्ति फैसला गरिएको छ।

    images
    images

    तेह्रथुम जिल्ला अदालतका न्यायाधीश दिलकुमार बर्देवाको इजलासले एलिसाको उजुरी अनुसार प्रधानाध्यापकले भदौ महिनामा विद्यालयमै खाना नछुन लगाएर जातीय विभेद गरेको पुष्टि गरेको हो।

    अदालतले जानकारी दिएको अनुसार, खतिवडालाई ६ महिनाको कैद र ५० हजार जरिवाना फैसला भएको थियो। तर उनी सार्वजनिक पदमा रहेकाले थप ३ महिना कैद, २५ हजार जरिवाना र ५० हजार क्षतिपूर्ति थप गरिएको छ।

    images
    images

    घटनाका विवरण अनुसार, एलिसा निजी स्रोतकी शिक्षिका हुन् भने खतिवडा करार शिक्षकको रूपमा कार्यरत थिइन्। भदौ १० मा भएको तिज र श्रमदान कार्यक्रममा खाना पकाएको भाँडो छोएन भन्ने आधारमा प्रधानाध्यापकले उनलाई खानाको व्यवस्था भएको स्थानमा जान रोक लगाएकी थिइन्।

    एलिसा अनुसार, यो घटनापछि उनलाई विद्यालयमा हाजिर हुन रोक, तलब घटाउने लगायत मानसिक र सामाजिक दबाब भोग्नुपरेको थियो। उनले अदालतको फैसलाले न्याय महसुस भएको बताउँदै, “यो मेरो मात्र न्याय होइन, सिंगो दलित समुदायको न्याय हो,” भनिन्।

    सोमबार देखि एलिसालाई पुनः विद्यालयमा हाजिर हुने अनुमति दिइएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend