images

२०८३ आश्विन १७ गते

images
images
images
  • शिक्षा
  • आन्दोलन नाममा ब्ल्याकमेल भएको द ब्रिटिश...

आन्दोलन नाममा ब्ल्याकमेल भएको द ब्रिटिश कलेजको दाबी

आन्दोलन नाममा ब्ल्याकमेल भएको द ब्रिटिश कलेजको दाबी

images
images
सोमवार, माघ १९ २०८२
सोमवार, माघ १९ २०८२
  • काठमाडौँ । थापाथलीस्थित द ब्रिटिश कलेज (TBC) ले पछिल्लो समय कलेजविरुद्ध फैलाइएका आन्दोलन, अफवाह र भ्रामक सूचनालाई आर्थिक दबाब (ब्ल्याकमेल) को प्रयास भएको दाबी गरेको छ । कलेजका अनुसार सीमित विद्यार्थीका जिज्ञासालाई केही व्यक्तिले उग्र बनाएर ठूलो रकम असुल्ने उद्देश्य सहित कलेजको प्रतिष्ठामा क्षति पुर्‍याउने प्रयास गरेका हुन् ।

    images
    images

    हस्पिटालिटी म्यानेजमेन्ट फाउन्डेसन कार्यक्रम शिक्षा मन्त्रालयबाट स्वीकृत रहेको र दुबईस्थित Woolwich Institute UAE सरकारको लाइसेन्स तथा KHDA नियमन अन्तर्गत सञ्चालनमा रहेको कलेजले स्पष्ट पारेको छ । कलेजका अनुसार हाल पनि दर्जनौँ नेपाली विद्यार्थी दुबईमा अध्ययनरत छन् ।

    कलेजले आन्दोलनका नाममा क्याम्पसमा तोडफोड, कर्मचारी माथि दुर्व्यवहार र बाह्य व्यक्तिको संलग्नता पछि प्रहरी हस्तक्षेप भएको जनाएको छ । घटनासँग जोडिएका एक पूर्व विद्यार्थी आर्थिक दबाब सम्बन्धी आरोपमा पक्राउ समेत परेका छन् ।

    images
    images

    यद्यपि, कलेजले प्रभावित विद्यार्थीहरूसँग संवाद गर्दै पूर्ण शुल्क फिर्ता, वैकल्पिक कार्यक्रम तथा ट्रान्सफरको विकल्प दिएको र अधिकांश विद्यार्थीले समाधान स्वीकार गरिसकेको जनाएको छ । TBC ले पारदर्शिता, नियामक अनुपालन र आर्थिक दबाबप्रति शून्य सहनशीलताको नीति दोहोर्‍याएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend