images

२०८३ आश्विन १७ गते

images
images
images
  • उर्जा
  • कर्णालीमा पहिलोपटक कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण...

कर्णालीमा पहिलोपटक कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालन

कर्णालीमा पहिलोपटक कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालन

images
images
सोमवार, माघ १९ २०८२
सोमवार, माघ १९ २०८२
  • काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले कर्णाली प्रदेशमै पहिलो पटक १३२ केभी प्रसारण लाइन सञ्चालनमा ल्याएको छ ।प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गतको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा आएसँगै उक्त प्रदेशको आर्थिकवृद्धिमा मद्दत पुग्ने विश्वास गरे ।

    images
    images

    उनले विगतमा ३३ केभी क्षमताको प्रसारण लाइनबाट कर्णाली प्रदेशमा विद्युत् आपूर्ति भइ ओभरलोड हुने, छिनछिनमा बत्ती गइरहने र लो–भोल्टेजको समस्यामा उल्लेख्य सुधार हुने बताए । आयोजनाको सञ्चालनसँगै कर्णालीमा ठूला उद्योगधन्दा सुरु हुने र उनीहरुले सबैभन्दा बढी विद्युत् उद्योगमा खर्च हुन सक्ने उनको भनाइ छ ।पुसको तेस्रो साता स्थलगत अवलोकन गरेर कार्यकारी निर्देशक शाक्यले आयेजनाबाट छिटो चार्ज गराउने गरी काम गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका थिए । आयोजनाका प्रमुख रविकुमार चौधरीले करिब ५२ किलोमिटर लामो कोलपुर–सुर्खेत खण्डको काम प्राधिकरणले दिएको जिम्मेवारीबमोजिम छिटो सम्पन्न गर्न सम्भव भएको बताए । अब दोस्रो खण्डको सुर्खेत–दैलेख खण्डको काम तिव्र गतिमा अघि बढ्ने उनले जानकारी दिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend