images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • आत्मनिर्भर लघुवित्तको नाफामा वृद्धि, अन्य सूचक...

आत्मनिर्भर लघुवित्तको नाफामा वृद्धि, अन्य सूचक कस्तो ?

आत्मनिर्भर लघुवित्तको नाफामा वृद्धि, अन्य सूचक कस्तो ?

images
images
आइतवार, माघ १८ २०८२
आइतवार, माघ १८ २०८२
  • काठमाडौं- आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आवको ६ महिनाको तुलनामा चालू आवको सोही अवधिमा खुद नाफामा उछाल आएको कम्पनीले हालै सार्वजनिक गरेको वित्तीय विवरणले देखाएको छ।कम्पनीले गत आवको पुस मसान्तसम्म ८४ लाख रुपैयाँ खुद नाफा कमाएकोमा चालू आवको पुस मसान्तसम्म २६१.९३ प्रतिशतको उछाल सहित ३ करोड ५ लाख रुपैयाँ पुगेको छ।त्यसै गरी गत आवको ६ महिनामा कम्पनीको खुद ब्याज आम्दानी ६ करोड ५६ लाख रुपैयाँ रहेकोमा चालू आवको सोही अवधिमा ९.४० प्रतिशतको वृद्धि सहित ७ करोड १८ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ७ करोड २६ लाख रुपैयाँबाट बढेर ८ करोड ६ लाख रुपैयाँ पुगेको छ।यस

    images
    images

    री आम्दानीमा उल्लेख्य वृद्धि भएपछि गत आवको ६ महिनामा कम्पनीले ३१ लाख २६ हजार रुपैयाँ ऋणात्मक रहेकोमा चालू आवको ६ महिनामा २ करोड ७७ लाख रुपैयाँ धनात्मक भएको छ।समीक्षा अवधिमा कम्पनीको खराब कर्जा (एनपीएल) १५.०९ प्रतिशतबाट घटेर ११.८१ प्रतिशत कायम भएको छ। पुस मसान्तसम्म कम्पनीको प्रतिशेयर आम्दानी (वार्षिक) ३८.९५ रुपैयाँ कायम भएको छ भने प्रतिसेयर नेटवर्थ ३८९.९० रुपैयाँ र मूल्य आम्दानी अनुपात १५४.५६ गुणा रहेको छ।चुक्ता पुँजी ७८ करोड ३४ लाख रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा २५ करोड ७५ लाख रुपैयाँ रहेको छ। कम्पनीले १ अर्ब ६० करोड ९७ लाख रुपैयाँ कर्जा प्रवाह गरी १ अर्ब ४ करोड ८९ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend