images

२०८३ आश्विन १९ गते

images
images
images
  • बजार
  • पेट्रोलियम पदार्थको मूल्य वृद्धि, डिजेल र...

पेट्रोलियम पदार्थको मूल्य वृद्धि, डिजेल र मट्टितेल प्रतिलिटर ३ रुपैयाँ महँगो

पेट्रोलियम पदार्थको मूल्य वृद्धि, डिजेल र मट्टितेल प्रतिलिटर ३ रुपैयाँ महँगो

images
images
आइतवार, माघ १८ २०८२
आइतवार, माघ १८ २०८२
  • काठमाडौँ, १८ माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमका अनुसार आइतबार बिहान देखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाइएको हो।

    images
    images

    निगमले सार्वजनिक गरेको जानकारी अनुसार पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ।

    नेपाल आयल निगमले जनाएको छ कि इन्डियन आयल कर्पोरेसनबाट ३१ जनवरी २०२६ (माघ १७, २०८२) मा प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रतिलिटर १२ पैसा, डिजेल प्रतिलिटर ४ रुपैयाँ ६६ पैसा र एलपी ग्यास प्रति सिलिन्डर ४५ रुपैयाँ ४९ पैसाले महँगो भएर आएको छ। यस्तै, हवाई इन्धनको मूल्य भने प्रतिलिटर १०८ रुपैयाँले घटेर आएको निगमको विज्ञप्तिमा उल्लेख छ।

    images
    images

    निगमले घाटा व्यवस्थापन र आपूर्ति निरन्तरताका लागि मूल्य समायोजन गर्नुपरेको जनाएको छ।

    Fuel latter 18-10-2082.jpg
    undefined

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend