images

२०८३ आश्विन १७ गते

images
images
images
  • उर्जा
  • तनहुँ जलविद्युत् आयोजनाका तीनै प्याकेजमा तीव्र...

तनहुँ जलविद्युत् आयोजनाका तीनै प्याकेजमा तीव्र काम, समग्र प्रगति ७० प्रतिशत नाघ्यो

तनहुँ जलविद्युत् आयोजनाका तीनै प्याकेजमा तीव्र काम, समग्र प्रगति ७० प्रतिशत नाघ्यो

images
images
शनिवार, माघ १७ २०८२
शनिवार, माघ १७ २०८२
  • काठमाडौं, १७ माघ । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको काम तीव्र गतिमा अघि बढेको छ। आयोजनाका तीनवटै प्याकेजमा उल्लेखनीय प्रगति हासिल भइसकेको आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए।

    images
    images

    ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन आयोजनामा प्याकेज १ अन्तर्गत बाँध लगायत हेडवर्क्स संरचना, प्याकेज २ अन्तर्गत मुख्य सुरुङ, विद्युत्गृह तथा सम्बन्धित उपकरण, र प्याकेज ३ अन्तर्गत दमौली–भरतपुर २२० केभी प्रसारण लाइनको काम भइरहेको छ।

    प्याकेज १ अन्तर्गत बाँधलगायत संरचनाको काम सोङ्दा कालिका जेभीले गरिरहेको छ। यस प्याकेजको भौतिक प्रगति ४७ प्रतिशत पुगेको छ। मुख्य बाँध निर्माणका लागि डाँडा कटान, पहुँच सडक, सेती नदीको धार परिवर्तन, अस्थायी बाँध तथा दुईवटा डाइभर्सन सुरुङको निर्माण सम्पन्न भइसकेको छ। विसं २०८१ चैत ७ गते पहिलो कङ्क्रिट राख्दै मुख्य बाँधको कङ्क्रिटिङ कार्य सुरु गरिएको थियो। हाल कङ्क्रिट, कोर ड्रिलिङ र ग्राउटिङ कार्य जारी छन्।

    images
    images

    प्याकेज २ अन्तर्गत विद्युत्गृह तथा सम्बन्धित उपकरणको काम चीनको सिनो हाइड्रो कर्पोरेसनले गरिरहेको छ। भूमिगत संरचनाको उत्खनन तथा अधिकांश सिभिल निर्माण कार्य सम्पन्न भइसकेको छ। विद्युत्गृह, केबल सुरुङ, सर्च ट्याङ्क र टेलरेसका मुख्य कङ्क्रिटिङ कार्य सकिएको छ। यस प्याकेजको प्रगति ७२।५ प्रतिशत पुगेको छ भने हाल इलेक्ट्रो–मेकानिकल काम जारी छ।

    प्याकेज ३ अन्तर्गत केइसी इन्टरनेशनल लिमिटेड (भारत) ले दमौली–भरतपुर २२० केभी, ३३ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरिरहेको छ। यसअन्तर्गत ९४ मध्ये ७८ वटा टावरको जग हाल्ने काम सम्पन्न भइसकेको छ। यस प्याकेजको प्रगति ७४.५ प्रतिशत रहेको छ।

    आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ। यसमध्ये एडीबीबाट १५ करोड, जाइका (जापान) बाट १८ करोड ४० लाख, युरोपियन लगानी बैङ्कबाट आठ करोड ५० लाख र नेपाल सरकार–नेपाल विद्युत् प्राधिकरणबाट आठ करोड ६० लाख अमेरिकी डलर वित्तीय व्यवस्थापन गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend