images

२०८३ आश्विन २० गते

images
images
images

पाल्पामा बढ्दै कुष्ठरोगी

पाल्पामा बढ्दै कुष्ठरोगी

images
images
शुक्रवार, माघ १६ २०८२
शुक्रवार, माघ १६ २०८२
  • पाल्पा । कुष्ठरोग निवारण जिल्ला घोषणा गरिएको पाल्पामा यो रोगका बिरामी बढ्न थालेका छन् । पाल्पालाई १६ वर्षअघि कुष्ठरोग निवारण जिल्ला घोषणा गरिएको थियो ।तर, चालु आर्थिक वर्षमा मात्रै सात व्यक्तिमा कुष्ठरोगको संक्रमण फेला परेको छ ।स्वास्थ्य कार्यालय पाल्पाको तथ्यांकअनुसार पछिल्लो तीन वर्षयता यो रोगका बिरामीको संख्या बढिरहेको छ । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख टुकप्रसाद पोखरेलका अनुसार चालु आर्थिक वर्षमा ७ र आर्थिक वर्ष २०८१/८२ मा १८ जना कुष्ठरोगी पहिचान भएका छन् ।गत आर्थिक वर्षको असारसम्म २१ जनाले औषधि खाइरहेका निमित्त प्रमुख पोखरेलले जानकारी दिए । यो आर्थिक वर्षको पुस मसान्तसम्म थप ७ जनाले औषधि सेवन गरेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

    images
    images

    स्वास्थ्य कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षमा जिल्लाको तानसेन नगरपालिकामा चार जना, रैनादेवी छहरा गाउँपालिकामा एक, माथागढी गाउँपालिकामा एक, निस्दी गाउँपालिकामा तीन, पूर्वखोला गाउँपालिकामा एक, रामपुर नगरपालिकामा पाँच, तिनाउ गाउँपालिकामा तीन जना गरी १८ जना कुष्ठरोगी फेला परेका थिए ।चालु आर्थिक वर्षको ६ महिनामा रामपुरमा दुई, पूर्वखोलामा एक, बगनासकालीमा एक, रैनादेवी छहरामा एक, तिनाउमा एक र निस्दीमा दुई जना फेला परेका छन् । स्वास्थ्य कार्यालय र स्थानीय तहले सक्रिय बिरामी खोजपड्ताल, कुष्ठरोग रोकथाम कार्यक्रम, जनचेतनामूलक तथा क्षमता अभिवृद्धि कार्यक्रम गर्दै आएका छन् ।यो रोगलाई कम प्राथमिकतामा राख्ने, परीक्षणको दायरा नबढाउने, जनचेतना फैलाउने खालका कार्यक्रम नल्याउने र दक्ष जनशक्तिको कमी हुँदा पनि रोगको संक्रमण फैलिने क्रममा रहेको हो ।यो रागका लागि मुलुकी देवानी संहिता, २०७४ पारिवारिक कानुन परिच्छेद–१, विवाहसम्बन्धी व्यवस्था महल ७१, कुष्ठरोग भएका व्यक्तिसँग विवाह गर्न गराउन नहुने प्रावधान रहेको छ ।

    कानुन र जनचेतनामार्फत कुष्ठरोगीलाई सामान्य व्यक्ति सरह व्यवहार गर्ने, भेदभाव नगर्ने, परिवारमा माया ममता र सहयोगले मात्र कुष्ठरोग निवारणमा सहयोग पुग्नेछ ।कुष्ठरोगका लक्षण, उपचार र जोगिने उपायका विषयमा स्थानीय तहले बजेट व्यवस्थापन गरेर सचेतना फैलाउनुपर्नेछ । शरीरमा पाँच दागसम्म भएका विरामीले ६ महिना र त्यो भन्दा बढी दाग भएका विरामीले एक वर्ष औषधि खानुपर्छ ।सरकारले कुष्ठरोगको उपचार नि:शुल्क गर्ने व्यवस्था गरेको छ । यातायात खर्चवापत एक हजार रुपैयाँ पाउँछन् । शंकास्पद रोगीले समयमै स्वास्थ्य उपचारमा ध्यान दिनुपर्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।आँखाले देख्न नसकिने माइकोब्याक्टेरियम लेप्र नामक सुक्ष्म किटाणुबाट लाग्ने सरुवा भएकाले शरीरको कुनै भागमा छुँदा थाहा नहुने फुस्रो वा हल्का रातो दाग देखा पर्नु कुष्ठरोगको लक्षण हो ।कुष्ठरोग लागेमा अनुहार र कानका लोतीमा गिर्खा देखिनु, छाला चम्किलो र बाक्लो हुनु तथा आँखीभौं झरेर जाने गर्छ । रोगको समयमा पहिचान र निदान गरिएन भने अन्त्यमा अपांगता समेत बनाउने गर्दछ ।कुष्ठरोग लागेमा स्नायुमा असर पर्ने हुँदा हातखुट्टा लगातार झमझम गर्नु, स्नायु सुन्निनु, दुख्नु, हातखुट्टा छुँदा थाहा नहुनु, मांसपेशीहरू कमजोर हुनु जस्ता लक्षण देखिने चिकित्सकहरू बताउँछन । पाल्पालाई ५ माघ २०६६ मा कुष्ठरोग निवारण जिल्लाका रूपमा घोषणा गरिएको थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend