images

२०८३ आश्विन १९ गते

images
images
images
  • बजार
  • मूल्य विश्लेषण प्रतिवेदन सार्वजनिक, खाद्य वस्तुको...

मूल्य विश्लेषण प्रतिवेदन सार्वजनिक, खाद्य वस्तुको मूल्यमा उतारचढाव

मूल्य विश्लेषण प्रतिवेदन सार्वजनिक, खाद्य वस्तुको मूल्यमा उतारचढाव

images
images
शुक्रवार, माघ १६ २०८२
शुक्रवार, माघ १६ २०८२
  • काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत पुस महिनाको मूल्य विश्लेषण प्रतिवेदन सार्वजनिक गरेको छ । बजार मूल्यसँग सम्बन्धित तथ्यांक नै मूल्य तथ्यांक भएको स्पष्ट पार्दै विभागले विभिन्न पाँचवटा कार्यालयमार्फत संकलन गरिएको विवरण सार्वजनिक गरेको हो । गत पुसमा बजार मूल्यमा सामान्य उतारचढाव भएको विभागले उल्लेख गरेको छ ।आगामी दिनमा मूल्य स्थिरता कायम गरी सोहीअनुसारको विकल्पको विकास गर्न सरकारी संस्थानहरूलाई सक्षम बनाउनुपर्ने, तरकारी, फलफूलगायत खाद्यान्नको उत्पादन मूल्यभन्दा बिचौलियाले गर्दा मूल्यमा उतारचढाव भएको प्रतिवेदनमा स्पष्ट पारिएको छ ।

    images
    images

    यस्ता प्रवृत्तिको निरुत्साहन गर्न व्यापारका विकल्पहरु संस्थान, सहकारी, व्यापारिक सञ्जाल, साझेदारीजस्ता पद्दतिको विकास गर्नु आवश्यक रहेको ठहर गरिएको छ । मूल्य नियन्त्रणका लागि वस्तुको उत्पादनलाई बढावा दिने, वितरणकारी तहहरू कम गर्ने, आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउने, बिचौलियाले मूल्यवृद्धि गर्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने विभागको सुझाव छ ।यस्तै, सिन्डिकेट र कार्टेलिङको अन्त्य गरी स्वच्छ प्रतिस्पर्धी बजारको निर्माण गर्ने र नियमित रूपमा बजारको अनुमगन गर्नुपर्ने अध्ययनको सुझाव छ । विभागले विराटनगर, वीरगन्ज, भैरहवा, नेपालगन्ज, धनगढी र काठमाडौं कार्यालयमार्फत खाद्य वस्तु तथा अन्य उपभोग्य सामग्रीको न्यूनतम र अधिकतम मूल्य पत्ता लगाउने उद्देश्यका साथ अध्ययन गरेको थियो ।

    विभागका अनुसार विभिन्न सहरमा सोना मन्सुली, स्टिम जिरा, जनरल जिरा र मोटा चमलको मूल्यमा सामान्य उतारचढाव आएको देखिन्छ । मङ्सिरको तुलनामा गत पुसमा सोना मन्सुली चामलको मूल्य घटेको र वास्मती चामलको मूल्य बढेको देखिन्छ भने अन्य चामलको मूल्यमा सामान्य उतारचढाव आएको देखिन्छ ।यस्तै, दालको मूल्यमा केही वृद्धि भएको देखिन्छ । गेडागुडीको मूल्यमा सामान्य परिवर्तन आएको, राज्मा सिमीको मूल्यमा भने मध्यम उतारचढाव भएको पाइएको छ । तरकारी तथा मसलाको औसत मूल्यमा मध्यम उतारचढाव भएको तथा आलु, काउली र प्याजमा सामान्य परिवर्तन भएको भए पनि अदुवा, गोलभेँडा, लसुन सुकेको र खुर्सानी सुकेको जस्ता मसलाजन्य खाद्यवस्तुमा ठूलो मात्रामा उतारचढाव भएको अध्ययनमा देखिएको छ ।स्याउ, अनारलगायत फलफूलको मूल्यमा असामान्य उतारचढाव देखिनुले विभिन्न सहरको फलफूलको मूल्यमा सोही अनुपातमा परिवर्तन भएको पाइएको छ । माछा, मासु र अण्डाको औसत मूल्यमा सामान्य परिवर्तन आएको पाइएको छ । विभिन्न सहरको तुलनामा खसी, ब्रोइलर, अण्डा र माछालगायतका मूल्यमा सामान्यदेखि मध्यम उतारचढाव भएको अध्ययनमा पाइएको छ ।मग्र बजारको अवस्था विश्लेषण गर्दा उपभोग्य फलफूल तथा तरकारीको मूल्यमा सामान्य परिवर्तन भएता पनि घिउसिमी हाइब्रिड, परवर, काँक्रो हाइब्रिड, घिउसिमी, लोकल कुरिलोलगायत तरकारीको मूल्यमा एक सय नौ प्रतिशतदेखि एक सय ६० प्रतिशतसम्म परिवर्तन भएको अध्ययनमा पाइएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend