images

२०८३ कार्तिक ५ गते

images
images
images

नेपाल बैंक र निओ मनि ट्रान्सफरबीच रेमिटान्स भुक्तानि गर्ने सम्वन्धि सम्झौता

नेपाल बैंक र निओ मनि ट्रान्सफरबीच रेमिटान्स भुक्तानि गर्ने सम्वन्धि सम्झौता

images
images
शुक्रवार, आश्विन ११ २०८१
शुक्रवार, आश्विन ११ २०८१
  • काठमाडाैं। निओ मनि ट्रान्सफर प्रा.लि. र नेपाल बैंक लि. बीच बुधबार बैदेशिक रेमिटान्स बैंकिङ च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौता भएको छ।

    images
    images

    यस सम्झौता पत्रमा निओ मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत सागर खनाल र नेपाल बैंको तर्फबाट बरिष्ठ प्रबन्धक टेक बहादुर खड्काले हस्ताक्षर गरेका थिए।

    पछिल्लो समय नेपालमा स्थापित एउटा छिटो, भरपर्दो र सुरक्षित निओ मनि ट्रान्सफर र देश भरी २३६ वटा शाखा कार्यलय रहेको र बिभिन्न प्रकारको बैंकिङ सेवाहरु समेत प्रदान गर्दै आएको नेपाल बैंकबीचको सम्झौता पश्चात निओ मनि ट्रान्सफर मार्फत विश्वका बिभिन्न स्थानहरुबाट बैंकिङ च्यानल मार्फत पठाएको रकम देशको ७७ जिल्लामा नै सम्बन्धित व्यक्तिले बैंकको शाखा कार्यलय मार्फत सरल तरिकाबाट रकम प्राप्त गर्न सक्नेछ ।

    images
    images

    नेपाल बैंकसँगको सम्झौता सँगै निओ मनि ट्रान्सफरले अब देशभर १५००० भन्दा बाढी स्थानबाट आफ्नो सेवा जनतामाझ प्रदान गर्न सक्नेछ। निओ मनि ट्रान्सफर पछिल्लो समय नेपालमा स्थापित एउटा छिटो, भरपर्दो र सुरक्षित मनि ट्रान्सफर कम्पनी हो।

    विशेष गरी डिजिटल रेमिटान्सलाई प्राथमिकता दिने निओ मनि ट्रान्सफरले विश्वका धेरै देशबाट नेपालमा रहेका थुप्रै बैंक तथा बित्तय संस्थाहरुबाट ग्राहकका खातामा रियल टाइम बैँक डिपोजिट सेवालाई प्रभवकारी रुपमा प्रदान गर्दै आएको छ जसले गर्दा नेपालमा रेमिटान्स भित्राई देशको अर्थतन्त्र सुदृढिकरणमा समेत टेवा पुग्ने गर्दछ।

    यस सम्झौता संगै विदेशबाट पठाएको रकम बैँकिङ्ग च्यानल मार्फत भुक्तानी गर्न तथा सम्बन्धित व्यक्तिले रकम प्राप्त गर्न थप सहजिकरण हुने साथै यसले नेपालमा रेमिटान्स भित्राउन समेत टेवा पुर्याउने जानकारी निओ मनि ट्रान्सफर प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत सागर खनालले दिए।

     


     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend