images

२०८३ कार्तिक ५ गते

images
images
images
  • समाचार
  • ग्लोबल आईएमई बैंकको फास्ट लोन अगेन्स्ट...

ग्लोबल आईएमई बैंकको फास्ट लोन अगेन्स्ट शेयर प्लेटफर्म सार्वजनिक

ग्लोबल आईएमई बैंकको फास्ट लोन अगेन्स्ट शेयर प्लेटफर्म सार्वजनिक

images
images
शुक्रवार, आश्विन ११ २०८१
शुक्रवार, आश्विन ११ २०८१
  • काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेडले फास्ट लोन अगेन्स्ट शेयर प्लेटफर्म सार्वजनिक गरेको छ । यसअन्तर्गत इच्छुक व्यक्तिले अनलाइनबाट शेयर धितो कर्जाको लागि आवेदन दिन सक्नेछ बैंकले जनाएको छ । 

    images
    images

    बैंकले सार्वजनिक गरेको यस डिजिटल प्लेटफर्ममार्फत ग्राहकहरूले आफूसँग भएको शेयरहरू धितो राखी सरल प्रकृयाबाट शेयर धितो कर्जा प्राप्त गर्न सक्नेछन् । 

    ग्राहकले अनलाइनबाट यो प्लेटफर्म प्रयोग गरी कर्जाको आवेदन दिन र आवश्यक कागजातहरू बुझाउन सक्नेछन् । यस प्रकृयामा अनलाइन आवेदन पूरा गरेपछि आवेदकले निवेदनको अवस्थाको बारेमा आफैँले जानकारी लिन समेत सक्नेछन् । 

    images
    images

    यो शेयर धितो कर्जाको सीमा हालका लागि न्यूनतम रु. ५ लाख देखि अधिकतम रु. २५ लाखसम्म तोकिएको बैंकले जानकारी दिएको छ । यो कर्जाको निमित्त धितोको रुपमा स्वीकार गरिने शेयरहरू निवेदक स्वयम्को हुनु पर्नेछ, निवेदक बाहेक अन्य व्यक्तिको शेयरहरू धितोको रुपमा स्वीकार गरिने छैन । यो सुविधा बैंकले हालसालै सार्वजनिक गरेको डिजिटल युनिभर्समा पनि उपलब्ध छ । 

    ग्लोबल आईएमई बैंक युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै, ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामासमेत ग्लोबल आईएमई बैंक सम्मानित भएको छ । 

    ग्लोबल आईएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढी सेवा केन्द्र रहेका छन् । 

    ग्लोबल आईएमई बैंक, सबैका लागि बैंकिङ्ग सेवा प्रदान गर्ने बैंक हो जसले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना समस्त ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend