images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • सपोर्ट लघुवित्तले ६ महिनामा कमायो ३...

सपोर्ट लघुवित्तले ६ महिनामा कमायो ३ करोड १८ लाख नाफा

सपोर्ट लघुवित्तले ६ महिनामा कमायो ३ करोड १८ लाख नाफा

images
images
मंगलवार, माघ १३ २०८२
मंगलवार, माघ १३ २०८२
  • काठमाडौं । सपोर्ट लघुवित्तले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म ३ करोड १७ लाख ५६ हजार रुपैयाँ नाफा कमाएको छ ।गत आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्म लघुवित्तले १ करोड ५५ लाख ४ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।१२ करोड २४ लाख ४३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा २५ रुपैयाँ ३२ पैसा रहेकोमा नाफा बढेसँगै बढेर ५१ रुपैयाँ ८७ पैसा पुगेको हो ।

    images
    images

    बैंकहरूको ब्याजदर घट्दा संस्थाको कोषको लागत घटेको छ । जसले गर्दा खुद ब्याज आम्दानी ५ करोड १६ लाख ४६ हजार रुपैयाँबाट बढेर ८ करोड ९४ लाख ४९ हजार रुपैयाँ पुगेको छ । त्यस्तै गत आर्थिक वर्षको यही अवधिमा ९ लाख ८४ हजार प्रोभिजन राइटब्याक गरेकोमा चालु आर्थिक वर्षमा १६ लाख ६६ हजार कर्जा नोक्सानी व्यवस्था गरेको छ । अवधिमा १ करोड ४२ लाख ५९ हजार वितरणयोग्य नाफा आर्जन गरेको लघुवित्तको सञ्चित नाफा ४ करोड ४० लाख ३१ हजार रुपैयाँ छ । त्यस्तै जगेडा कोषमा ६ करोड ४९ लाख ५२ हजार रुपैयाँ छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ १८९ रुपैयाँ १ पैसा र मूल्य आम्दानी अनुपात ३४ रुपैयाँ ३७ पैसा छ ।

    गत असार मसान्तमा १ अर्ब ९० करोड ७४ लाख रुपैयाँ रहेको लघुवित्तको कर्जा लगानी पुस मसान्तमा बढेर २ अर्ब १४ करोड ४ लाख पुगेको छ । लघुवित्तको पुँजीकोष अनुपात ९.१८ प्रतिशत, निष्क्रिय कर्जा अनुपात ३.१७ प्रतिशत र कोषको लागत ६.४८ प्रतिशत छ ।लघुवित्तको निक्षेप ४६ करोड १६ लाख रुपैयाँबाट बढेर ५३ करोड ८६ लाख रुपैयाँ पुगेको छ । यस्तै बैंक तथा वित्तीय संस्थाको सापटी १ अर्ब ३३ करोड ५० लाख रुपैयाँबाट बढेर १ अर्ब ३८ करोड ९२ लाख रुपैयाँ पुगेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend